ताजा खबर News समाज

अख्तियारको आँखा गगन थापा स्ववियु सभापति हुँदाको खातामा

अख्तियारको आँखा गगन थापा स्ववियु सभापति हुँदाको खातामा
gagan-akthiyar अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने मागसहित आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीका बारेमा छलफल गर्नुपर्ने प्रस्ताव संसदमा पेश गरेपछि गगन थापा फेरि चर्चामा छन । आँट गरेको भनेर एकातर्फ उनको प्रशंसा भइरहेको छ । अर्कोतर्फ उनले महाअभियोग प्रस्ताव दर्ता गराउन पहल गर्नुको साटो छलफलका लागि मात्र प्रस्ताव दर्ता गराएर चर्चामात्र बटुल्न खोजेको भनेर आलोचना भइरहेको छ । यसैमेसोमा नेपालआजलाई विशेष स्रोतले भिन्दै सूचना दिएको छ । अख्तियारले गगन थापा त्रिचन्द क्याम्पसको सभापति हुँदाका फाइलहरुमा ध्यान दिइरहेको छ । थापाको कार्यकालमा बास्केटबल कोर्ट बनाउने नाममा स्ववियूले लाखौं हिनामिना गरेको चर्चा हुँदै आएको थियो । अख्तियारले त्यतिबेलाका खातापाता सुरक्षित रहे नरहेको बारेमा कलेज प्रशासनसँग जानकारी लिएकोपनि स्रोतले बताएको छ । अख्तियारले खातापाताका बारेमा चासो लिएको थाहा पाएर हो वा वास्तवमै केसीको पक्षमा भएर हो सांसद थापाले अख्तियार प्रमुखका विरुद्धमा पहिला फायर खोलेको र आफ्नो पक्षमा माहोल बनाउने काम गरेको स्रोतको भनाइ छ । यसबारेमा अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करसँग बुझ्न खोज्दा उनी बोल्न चाहेनन् ।

Akhtiyar Gagan Thapa Lok man sing karki

विशेष