विदेश

चिनियाँ नागरिकको बढ्यो औषत आयू

चिनियाँ नागरिकको बढ्यो औषत आयू
China साउन – ७ । चिनियाँ नागरिकको औषत आयु बढेको छ । सन् २०१० पछि चिनियाँ नागरिकको औषत आयु बढेको पाइएको हो । सन् २०१५ मा गरिएको सर्वेक्षणमा चिनियाँ नागरिकको औसत आयु बढेर ७६.३४ वर्ष पुगेको पाइएको छ । सन् २०१० को तुलनामा यो आयु बढेको हो । चिनमा बिहिबार सार्वजनिक गरीएको तथ्यांक अनुसार सन् २०१० को तुलनामा गरिएको सर्वेक्षणमा सन् २०१५ मा १.५ वर्ष बढेको हो । साथै चीनमा शिशु मृत्युदरमा पनि कमी छ । सन् २०१४ मा यो ०.८९ जना रहेकोमा सन् २०१५ मा यसमा कमी आएर ०.८१ जना पुगेको छ । china 1 शिशु मृत्युदरजस्तै चीनमा मातृमृत्यु दरमा पनि कमी आएको छ । मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा २१.७ रहेकोमा यसमा कमी आई २०.१ पुगेको छ । मातृमृत्यु दर एक लाखमा मापन गरिन्छ । बच्चा जन्माउने प्रतिएक लाख आमामा कतिजना मर्छन् भनेर मापन गर्ने गरिन्छ । यसरी हेर्दा हाल चीनमा एक लाख आमाले बच्चा जन्माउदा २०.१ जना आमाको मृत्यु हुने गरेको छ । यो सन् २०१५को तथ्यांक हो ।

age China

विशेष