देश News

स्कुल बस आगजनीप्रति हिसानको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारवाही नभए देशव्यापी आन्दोलनमा जाने

स्कुल बस आगजनीप्रति हिसानको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारवाही नभए देशव्यापी आन्दोलनमा जाने
hisanसाउन – ७ । बुधबार ताहाचलमा स्कुल बस आगजनीप्रति उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले भत्र्सना गरेको छ । प्रसे विज्ञप्ती जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो । हिसानले शिक्षा सेवाको स्वतन्त्र कार्यमा क्रियाशील शैक्षिक संस्थामा राजनीतिक उद्देश्यबाट प्रेरित भई तोडफोड र आगजनी हुनु अत्यन्त दुखदायी र निन्दायोग्य भएको बताएको छ । विद्यार्थी र शैक्षिक संस्थामाथि सांघातिक हमला गर्ने, तोडफोड गरी आतंक मच्चाउने र सिंगो शैक्षिक क्षेत्रको शान्तिमा खलल पुर्याउने कुनै पनि गतिविधि स्वीकार्य नभएको जनाएको छ । पीडित स्कुललाई क्षतिपुर्ति र घटनाका दोषिहरुमाथि कार्वाही गरी कानुनी राज्यको न्यूनतम जिम्मेवारी पुरा गर्न समेत सरकार तथा सरोकारवालाहरुसँग माग हिसानले माग गरेको छ । साथै अविलम्ब दोषीमाथि कार्वाही गरी समस्त शिक्षाप्रदायक संस्थाहरुलाई शान्ति र सुरक्षाको अनुभूति नगराइए सङ्घर्षका कार्यक्रमहरु सहित देशव्यापी रुपमा उत्रन वाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । विहिबार विहान करिब ६ बजे आइडियल मोडेल उमावि स्कुलबजमा आगजनी भएको थियो । उक्त आगजनीबाट स्कुलको बा २ क ४६९ नम्बरको बस पूर्ण क्षतिग्रस्त भएको थियो । स्कुल बस ताहाचल, काठमाडौ जिल्ला शिक्षा कार्यालय जाने मोडमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्स नेपालको केही व्यक्तिहरुले आगजनी गरेको बताइएको छ ।

HISSAN Scool bus

विशेष