बैठककाे कार्यसूची अायाे, अविश्वासको प्रस्ताव बैठकको १२ औं नम्बरमा
साउन - ७ । शुक्रबार बस्ने बैठककाे कार्यसूची अाएकाे छ । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आजको बैठकको १२ औं नम्बरमा परेको छ ।
नेकपा माओवादी केन्द्र र कांग्रेसले बजेटसँग सम्वन्धित आश्रित विधेयकहरु पारित हुन नदिने बताएकाे छ । तीन दलका शीर्ष नेताबीचका सहमति पछि अाश्रित विधेकलार्इ पहिला र पछि अविश्वासकाे प्रस्ताव माथि छलफल हुने भनिएकाे थियाे ।
यसकाे लगत्तै माओवादीले बजेटसँग सम्वन्धित आश्रित विधेयकहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेकाे छ ।
माओवादीसहितकै सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेट ल्याएको थियो । तर, विनियोजन विधेयक पास भएपछि माओवादीले सरकारलाई दिएको समथर्न फिर्ता लिएकाे थियाे । त्यसपछि दलहरुबीच अविश्वासको प्रस्ताव कि बजेटसँग सम्वन्धित विधेयक पहिले संसदमा पेश गर्ने भन्ने विवाद सुरु भएको थियो ।