News

अाश्रित विधेयकमाथिको छलफल सुरु

अाश्रित विधेयकमाथिको छलफल सुरु
साउन - ७ । माअाेवादीका केन्द्रका नेता कृष्ण बहादुर महरा अाफ्ना मन्तव्य राख्दै छन् । उनले कर चुहावट भएकाेले यसलार्इ राेक्न मेकानिजम चाहिएकाे बताएका छन् । केही समय अगाडि नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव पेस गरेका छन्। अब अाश्रित विधेयकमाथिको छलफल सुरु भएको छ ।  सभामुखले ५ मिनेट समय छुट्यकिन थिइन । भारतबाट आयातित बस्तुमा ७ प्रतिशत र चीनबाट आयातित बस्तुमा ३ प्रतिशत रहेकाले कर समान बनाउन प्रेम सुवालले प्रस्ताव गरेका छन् । दलहरुबीच संसदको कार्यसुचीमा सहमति भएपछि संसद बैठक सुरु भएको हाे ।अाज संसदमा सुरुमा बजेट आश्रित विधेयकमा छलफल हुनेछ। शुन्य समय र विशेष समय हटाइएको छ । लेखा समितिका सभापति जनार्दन शर्माले प्रतिवेदन पेश गरेका छन् । तीन दलको बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले करिब ४ः४५ तिर संसद भवनमा प्रवेश गरेका थिए। बजेट पछि अविश्वासको प्रस्तावमा छलफल गर्ने संसदको कार्यसुची छ। अविश्वासकाे प्रस्ताव १२ अाैँ नम्बरमा परेकाे छ ।  माअाेवादी केन्द्रले  अाश्रित विधेयककाे विपक्षमा मतदान गर्ने बताएकाे छ ।

Samsad

विशेष