ताजा खबर News

ओली आत्मकेन्द्रीत, गणतन्त्र र संघीयता विरोधीः प्रचण्ड

ओली आत्मकेन्द्रीत, गणतन्त्र र संघीयता विरोधीः प्रचण्ड
साउन - ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली आत्मकेन्द्रीत सोचले ग्रस्त भएको आरोप लगाएका छन् । संसदमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै प्रचण्डले ओली अहंकारी र आत्मकेन्द्रीत भएको आरोप लगाएका हुन् । ओलीलाई प्रधानमन्त्री बनाउन आफुले महत्वपूर्ण भुमिका निर्वाह गरेको भएपनि ओलीले माओवादीलाई उपयोग गर्ने र देशलाई अप्ठयारोमा पार्ने नियत राखेको बताए । उनले ओलीको दम्भका कारण जनजाति आदिवासी र मधेशीहरु चिढिनेस्थिति बनेको जिकिर गरे । ओलीले राष्ट्रियतासम्बन्धी गलत बुझाइ रहेकाले आन्तरिक एकतामा खलबल पु-याएको उनको टिप्पणी छ । आन्तरिक राष्ट्रियता बलियो नबनाइ बाह्य राष्ट्रियता बलियो हुन नसक्ने बुझाइ ओलीमा नरहेकाले राष्ट्रका समस्या हल हुन कठिनाइ भएको प्रचण्डको भनाइ छ । प्रचण्डले ओलीले परिवर्तनका एजेण्डालाई स्विकार गर्न नसकेको बताए । प्रचण्डले ओलीलाई संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रणाली मन नपरेको कडा टिप्पणी गरेका छन् ।

Prachanda

विशेष