हामी खेलमा छौँ, जस्ले पनि जित्न सक्छः प्रचण्ड
साउन – ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले माओवादी जस्ता लचक हुन नसकेको बताएका छन् । शुक्रबार, संसदमा अविश्वासको प्रस्तावमाथि बोल्ने क्रमा प्रधानमन्त्रीमा देशप्रति चिन्ता नभएको भन्दै अालाेचना गरे । उनले माओवादी सरकारमा रहँदा रहँदै पनि द्वन्दकालिन मुद्दामा फसाउन खोजेको षड्न्त्र भएको अाराेप लगाए ।
नेपालमा राष्ट्रिय एकताको खाँचो रहेकाले त्यसको लागि एमाले मिल्न आग्रह गरेका छन् । आन्तिरिक एकता कायम गर्न सकेनौँ भने देशलाई घाटा हुने बताए । देशको सबै वर्गलाई अगाडि ल्याउन चाहे पनि सरकारले थारु, मधेशी, तथा जनजातीको मुद्दालाई सरकारले उपक्षा गरेका आरोप प्रचण्डको छ ।
माओवादी पार्टी देशका लागि चिन्तित भए पनि मागलाई सरकारले बुझ्न नसकेको उनकाे भनाइ छ । यतिखेर खेलमा रहेकोले जस्ले पनि जित्न सक्ने उनको भनाइ छ । 'कसैलाई भ्रम नहोस्, अविश्वासको प्रस्ताव पारित भइपछि यही सरकार रहन्छ भन्ने,' उनले भने । 'हामी चाहन्छौँ, फेरि एकपटक देशमा राष्ट्रिय सहमति सरकार होस, हामीले कांग्रेससँग मिलेर जाँदा देशमा निकाश पाउने ठानेर यो यो सरकारबाट फिर्ता हुन्छौँ ।'