News

माननीय सदस्य भन्न बानी परेका पूर्वसभामुख सुभास नेम्वाङले सभामुख महोदय भन्दै बोल्न थाले

माननीय सदस्य भन्न बानी परेका पूर्वसभामुख सुभास नेम्वाङले सभामुख महोदय भन्दै बोल्न थाले
साउन - ७ । पूर्वसभामुख सुभास नेम्वाङले सभामुख महोदय भन्दै बोल्न थालेका छन् । उनले संसद र दलहरु सरकार परिवर्तनमा लाग्दा संविधान कार्यान्वयन नहुने खतरा बढेकाे टिप्पणी गरे । संविधानकाे कार्यान्वयनमा लाग्नु पर्ने अवस्थामा किन अविश्वासकाे प्रस्ताव दर्ता भयाे ? पेश भइसकेकाे अार्थिक विधेयक किन यस्ताे विवाद अायाे ? जस्ता प्रश्न गरे । काेही अविश्वासकाे प्रस्ताव र काेही अार्थिक विधेयक भन्ने तिर लाग्ने दुर्भाग्यपूर्ण रहेकाे जिकिर गरे । सुवासचन्द्र नेम्वाङ अगाडि विमलेन्द्र निधिले आफ्नो मन्तव्य राखेका थिए । उनले ३४१ सदस्यहरुको अविश्वासको प्रस्ताव रहेकाले  यो सरकार परिवर्तन गर्नका लागि पर्याप्त रहेकाेले नयाँ सरकार बने विश्वास व्यक्त गरेका थिए । उनले अविश्वासको प्रस्ताव पारित गर्दै केपी शर्मा ओलीलार्इ पदच्युत गर्ने दाबी गरेका थिए । 

subash chandra nembang

विशेष