ताजा खबर राजनीति News

भोलिपनि अविश्वासको प्रस्तावमाथि छलफल हुने, आज कस्ले के भने ?

भोलिपनि अविश्वासको प्रस्तावमाथि छलफल हुने, आज कस्ले के भने ?
bicc साउन - ७ । संसद बैठक शनिबार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ । भोलि प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने छ । आजको बैठकमा प्रचण्डले अविश्वासको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरे । काँग्रेस नेता बिमलेन्द्र नीधिले प्रचण्डको प्रस्तावमाथि समर्थन गर्दै मन्तव्य राखे । नेकपा एमालेका उपनेता एंव पूर्वसभामुख सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको बचाउ गरेका थिए । उनले प्रचण्डसँग आलोचना र समर्थनको २ वटा फाइल रहेको भन्दै व्यङ्ग्य गरे । कहिले प्रसंशामात्रै गर्ने कहिले आलोचनामात्रै गर्ने भन्दै उनले प्रचण्डको शैलीको आलोचना गरे । संविधानकाे कार्यान्वयनमा लाग्नु पर्ने अवस्थामा किन अविश्वासकाे प्रस्ताव दर्ता भयाे ? पेश भइसकेकाे अार्थिक विधेयक किन यस्ताे विवाद अायाे ? जस्ता प्रश्न गरे । काेही अविश्वासकाे प्रस्ताव र काेही अार्थिक विधेयक भन्ने तिर लाग्ने दुर्भाग्यपूर्ण रहेकाे टिप्पणी गरे । नेम्वाङ अगाडि विमलेन्द्र निधिले आफ्नो मन्तव्य राखेका थिए । उनले ३४१ सदस्यहरुको अविश्वासको प्रस्ताव रहेकाले  यो सरकार परिवर्तन गर्नका लागि पर्याप्त रहेकाेले नयाँ सरकार बने विश्वास व्यक्त गरेका थिए । उनले अविश्वासको प्रस्ताव पारित गर्दै केपी शर्मा ओलीलार्इ पदच्युत गर्ने दाबी गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले माओवादी जस्ता लचक हुन नसकेको बताउँदै यतिखेर खेलमा रहेकोले जस्ले पनि जित्न सक्ने बताए । ‘कसैलाई भ्रम नहोस्, अविश्वासको प्रस्ताव पारित भइपछि यही सरकार रहन्छ भन्ने,’ उनले भने ‘हामी चाहन्छौँ, फेरि एकपटक देशमा राष्ट्रिय सहमति सरकार होस, हामीले कांग्रेससँग मिलेर जाँदा देशमा निकाश पाउने ठानेर यो यो सरकारबाट फिर्ता हुन्छौँ ।’

माननीय सदस्य भन्न बानी परेका पूर्वसभामुख सुभास नेम्वाङले सभामुख महोदय भन्दै बोल्न थाले

हामी खेलमा छौँ, जस्ले पनि जित्न सक्छः प्रचण्ड

ओलीले संघीयता नेपालको एजेण्डा होइन भनि दिएको अभिव्यक्तिको भिडियो

Samsad

विशेष