News समाज

नझुकिनुहोस् ! यसरी लगाइयो कार्कीलाई महाअभियोग

नझुकिनुहोस् ! यसरी लगाइयो कार्कीलाई महाअभियोग
Akhtiyar-Durupayog-anusandhan-aayog साउन - ८ । व्यवस्थापिका संसदको बैठक शुक्रबार बानेश्वरमा बस्दै गर्दा त्यसैको नक्कल गर्दै प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा अर्को नमुना व्यवस्थापिका संसदको बैठक चलिरहेको थियो । 'फ्रिलान्स युथ मुभमेन्ट' नामक संस्थाले कानुन पढदै गरेका विद्यार्थी भेला पारेर नमुना संसद बोलाएको थियो । नयाँ बानेश्वरको संसदमा सभामुख ओनसरी घर्तीले बजेटका आश्रित विधेयक पेस गरिरहेका बेला नमुना संसदमा भने ओजस्वी भट्टराई सभामुखको भूमिकामा थिइन् । बानेश्वरमा सरकारमाथि अविश्वासको प्रस्ताव पेस हुँदै गर्दा यता भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्तावबारे संसदीय समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल चलिरहेको थियो । कानुन पढ्ने विद्यार्थीहरूले डाकेको नमुना बैठकमा संसदमा जसरी महाअभियोगको प्रस्ताव चलाइन्छ, त्यही प्रक्रियाको नक्कल गरिएको थियो । लोकमानमाथि महाअभियोग लगाउनुपर्ने प्रस्ताव संसदमा दर्ता भएपछि सभामुखले त्यसबारे प्रतिवेदन तयार पार्न ११ सदस्यीय छानबिन समिति गठन गरिन् । उक्त समितिले नक्कली लोकमानसिंह कार्कीलाई डाकेर बकपत्र गरायो । लोकमानको भूमिकामा समृद्ध खरेल उपस्थित थिए । सांसदको भूमिकामा रहेका विद्यार्थीहरूले उनलाई प्रश्न गरेका थिए । सांसद बनेका विद्यार्थीहरूले अख्तियारले क्षेत्राधिकार मिचेको, काठमाडौं विश्वविद्यालयमा हस्तक्षेप गरेको, मेडिकल कलेजको सिट संख्या बढाउन गैरकानूनी काम गरेको लगायतका विषयमा तिखा प्रश्नहरू सोधे । प्रश्नोत्तरपछि तयार पारिएको प्रतिवेदन समितिले संसदमा पेस गरेपछि सभामुखले त्यसउपर संसदमा छलफल चलाएकी थिइन् । संसदीय समितिले पेस गरेका प्रमाणका आधारमा लोकमानलाई महाअभियोग लगाउने प्रस्तावमा व्यवस्थापिका संसदमा मतदान हुनुपने निष्कर्ष निकालेको थियो । त्यसलगत्तै सांसदहरू मतदानमा सहभागी भए । १ सय २१ नक्कली सांसदहरूले मतदान गरेको महाअभियोग लगाउने प्रस्तावको पक्षमा ९० र विपक्षमा ३१ मत परेको थियो । संसदको दुई तिहाई मत महाअभियोग लगाउने पक्षमा परेपछि सभामुखले लोकमानलाई महाभियोग लगाई बर्खास्त गर्ने निर्णय सुनाएकी थिइन् । नमुना संसदको यस्तो अभ्यासमा नेपाल ल क्याम्पस, चक्रवर्ती ल कलेज र नेसनल ल कलेजका कानुनमा स्नातक पढिरहेका विद्यार्थीहरू सहभागी थिए । अाजकाे कान्तिपुरमा समाचार छ ।

Lok man sing karki

विशेष