आफुलाई खुब जान्नेसुन्ने दाबी गर्ने अमरेशले १० दिनमै कुरा फेरे, ओली बारे यस्तोसम्म भने
काँग्रेस सांसद अमरेशकुमार सिंह आफुलाई राजनीतिक विश्लेषकका रुपमा प्रस्तुत गर्दछन् । खुलेयाम भारत निकट भएको दाबी गर्छन र नेपालको राजनीतिक भविश्यका बारेमा ठोकुवा गर्छन । उनले १० दिन अघि बीबीसी नेपाली सेवामा नेपालमा संघीयता नफाप्ने र लागू हुनै नसक्ने सनसनीपूर्ण अन्तरवार्ता दिएका थिए ।
बीबीसी नेपालीमा दिएकाे अर्न्तरवार्ता
शुक्रबार हिमालय टेलिभिजनमा कुरा गर्दै उनले आफ्नो सो अभिव्यक्तिलाई सच्च्याउने प्रयास गरेका छन् ।। उनले संघीयता २ बर्षभित्रै कार्यान्वयन हुने बताएका छन् । ओली सरकार रहँदा संघीयता जोखिममा पर्ने देखेको बताएका उनले अब भने संघीयता कार्यान्वन हुने जनाए । संघीयताबारे उनको अभिव्यक्तिका बारेमा सोधिएको प्रश्नमा उनी अक्मकाएका थिए । १० दिनमै कुरा फेरेका उनले ०७४ साल माघसम्म संघीय निर्वाचन भइसक्ने दाबी गरे । जबकी उनले राजनीतिक दल असफल भइ खिलराज रेग्मीजस्तै नयाँ सरकार आउने भविश्यवाणी गरेका थिए ।
ओलीको पतन शुरु
प्रधानमन्त्री केपी ओलीको पतन शुरु भएको सिंहको दाबी छ । पतनका लागि भारतले कति लगानी गर्दैछ भनि सोधिएको प्रश्नमा उनले पार्टीभित्रकै आन्तरिक कारणले ओलीको पतन हुने टिप्पणी गरे । ओलीले पार्टीभित्र र बाहिर तानशाह लाद्न खोजेकाले एक्लिएको उनको भनाइ छ ।
ओली भारतसँग लम्पसार
राष्ट्रवादी ओलीको अवरोहका लागि भारतले भुमिका खेलेको हो नि भन्ने प्रश्नको जवाफमा सिंहले ओली भित्रभित्रै भारतसँग लम्पसार पर्ने गरेको बताए । बाहिर चर्का गरेपनि ओली भारतसँग लम्पसार परेको आफ्नै आँखाले देखेको उनको भनाइ थियो । काँग्रेस, माओवादी र मधेशी मोर्चालाई भारतीय सुपरग्लुद्वारा टांसिएको भन्ने प्रश्नको जवाफमा उनले ओली २० बर्षसम्म भारतीय बेट्रीबाट चलेको बताए । भारतीय बेट्रीमा मसला सकिएपछि ओलीले चिनियाँ बेट्री प्रयोग गरेर जनतालाई झुक्याउन खोजेको उनको आरोप छ ।
amresh kuma sing