News

‘च्यातिएको कपडा छोप्न लिपिस्टिक लाएर हुँदैन’ प्रधानमन्त्री ओली

‘च्यातिएको कपडा छोप्न लिपिस्टिक लाएर हुँदैन’ प्रधानमन्त्री ओली

साउन - ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कपडा च्यातिएपछि लिपिस्टिक लगाएर नहुने समेत बताएका छन् । विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिद्वारा आयोजित कार्यक्रम उद्घाटन गर्ने क्रममा ओलीले विकासको कुरा गर्दा आफूलाई हावादारी भनेको भन्दै कटाक्क्ष गरे । ‘लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु, अहिलेको हाम्रो विकासको प्रयास यस्तै छ’ ओलीले भने ‘सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु ? छिटो छिटो विकास गर्छुभन्दा हावादारी कुरा गर्यो भन्छन् ।’

प्रधानमन्त्री ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साढेसातको दशाग्रहसमेत नलाग्ने व्याङ्ग्यात्मक रुपले प्रस्तुत गरेका छन् । ओलीले भने, ‘मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन । अब पनि हेराउने काम गर्दिन । हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो ।’

विकास समितिले सोमबार खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी गरेको गोष्ठी उद्घाटन समारोहमा बोल्दै ओलीले शनिसित टेलिस्कोप नभएको भन्दै रुढीवादप्रति व्याङग्य प्रहार गरे । ‘शनिसित मान्छेलाई देख्ने टेलिस्कोप छैन, के को दशा लाग्नु ?’ बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्षी योजनाले काम गरिरहेको जनाएको छ ।

यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ । उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ । तीनदिने गोष्ठीमा दश जोड दुई, प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म विज्ञान विषय अध्ययन गर्ने करिब एक सय प्रतिभाशाली छात्रछात्राको सहभागिता रहेको छ ।

KP Sharma Oli

विशेष