राजनीति News समाज

काँग्रेस खित्का छोडेर हास्दा गम्भीर बनेका ओलीको प्रचण्डलाई 'गुरिल्ला' जवाफ

काँग्रेस खित्का छोडेर हास्दा गम्भीर बनेका ओलीको प्रचण्डलाई 'गुरिल्ला' जवाफ

संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई राजावादीसँग लगनगाँठो कसेको भनिरहंदा प्रधानमन्त्री केपी ओलीले ठूल्ठूला आँखा बनाउँदै क्वारक्वारती हेरिरहेका थिए ।

सम्भवतः पूर्वको सुपारी वा छुर्पी चपाइरहेका ओलीले टाउक्को केही हल्लाइपनि रहेका थिए । उनको अनुहारमा आवेग प्रष्ट देखिएको थियो । उता प्रतिपक्ष डेस्कमा रहेका नेपाली काँग्रेसका सांसदहरु खित्का छोडेर हासिरहेका थिए । ९ महिनासम्म ओलीको छाँयामा परेका काँग्रेसजनलाई प्रचण्डले सितलता प्रदान गरेको प्रष्टै देखिन्थ्यो । आफूले भन्न नसकेको कुरा प्रचण्डको मुखबाट सुन्दा उनीहरु दंग परेका थिए । ओलीले पानीजहाजदेखि रेलसम्मका विकासका कुरा अघि बढाएपछि उनको लोकप्रियता ह्वात्तै बढेको थियो । धेरै लामो समयसम्म सरकार चलाएपनि केही गर्न नसकेको तर ओलीले नौ महिनामै देखाइदिएको भन्दै काँग्रेसको आलोचना हुने गरेको थियो । प्रतिरक्षात्मक बनेको काँग्रेसका सांसद प्रचण्डको भाषणमा त्यतिबेला झनै मज्जाले हाँसे, जतिबेला उनले ओलीलाई विकासका सपना बाँडेको तर थाकेको भन्दै प्रहार गरे ।

 आमने-सामनेमा ओली र प्रचण्ड

ओली र प्रचण्डको राजनीतिक सम्बन्ध पछिल्लो एक बर्षमात्र मित्रवत् भएको थियो । एक बर्षयता ओलीले माओवादी अध्यक्ष प्रचण्डको सायदै आलोचना गरे । अन्यथा उनको भाषणमा प्रचण्डको उछितो कांडिएको हुन्थ्यो । पुष्पकमल दाहालमात्र भन्ने ओलीले प्रचण्ड भन्न थालेका थिए । उनी कांग्रेसप्रति खनिन थालेका थिए । अविश्वासको प्रस्ताव दर्ता गराएपछि पनि ओलीले प्रचण्डलाई नामै किटेर केही भनेका थिएनन् । शुक्रबार प्रचण्डले संसदमा ओलीलाई सामुन्नेमा राखेर ओलीको धज्जी उडाएपछि राजनीतिक वक्तव्यवाजीमा परिवर्तन आउने देखिएको छ ।

प्रचण्डले पहिले फायर खोलेर ओलीलाई कमव्याकका लागि आमन्त्रण गरेका छन् । यसअघि प्रचण्डलाई ओलीले बिरालोको संज्ञा दिइसकेका थिए । काठमाडौंमा बाट उछिट्टिएको बिरालो रोप्पा पुगेर खाँमो चिथोर्छ भन्नै प्रचण्डलाई उनले केही गर्न नसक्ने व्यक्तिको रुपमा अर्थाएका थिए । तीन दलको बैठकपछि रोल्पा पुगेका प्रचण्डले निहुँ खोज्दै गए फेरि पनि रोल्पाले देखाइदिने अभव्यिक्ति दिएका थिए ।

ओलीले माओवादीलाई 'गुरिल्ला' भन्थे । शान्ति प्रक्रियामा आइसकेपछि पनि ओलीले गुरिल्लाहरुले राजनीति सिक्दै गरेको भनेर टिप्पणी गर्थे । एक बर्ष यता ओलीले माओवादीप्रतिको अभिव्यक्तिमा व्यापक फेरबदल गरेका थिए । शुक्रबार प्रचण्डले उनीमाथि धावा बोलेपछि उनकाे अभिव्यक्तिमा परिवर्तन आउने देखिएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा र ओली प्रमुख प्रतिपक्ष दलको नेता हुँदाको परिश्थितिमा ओलीको आक्रमकता कस्तो होला ? धेरैले अनुमान गर्न थालेका छन् । कसैले प्रधानमन्त्री दिन्छु भनेकै भरमा दाम्लो चुंडाएर हिडेको भनि प्रचण्डलाई सांकेतिकरुपमा उनले प्रहार गरिसकेका छन् । ओलीले उनकै शब्दमा 'गुरिल्ला' माओवादीप्रति कसरी जवाफ फर्काउछन् भन्ने चासो सामाजिक संजालमा व्यक्त हुन थालेको छ ।

KP Sharma Oli Prachanda puspa kamal dahal

विशेष