मनोरञ्जन News

डा.केसीलार्इ कलाकारकाे समर्थन

डा.केसीलार्इ कलाकारकाे समर्थन
kalakarसाउन - ८ । डा.केसीको आमरण अतनसनले आज १३ दिन छोएको छ । निजी मेडिकल कलेजका महामाफिया लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउदैँ उनी यो आठौँ पटक आमरण अनसन बसेका हुन् । नेपाली चलचित्र उद्योगका तीन चर्चित नायिका डा. गोविन्द केसीको समर्थनमा माइतिघरमा निक्लिन लागेको विशाल प्रदर्शनीमा सहभागी हुने भएका छन् । उनीहले डा. केसीको मागमा एक्यवद्धता जनाउँदै माइतिभरमा जाँदै छौँ भन्ने सन्देश समाजिक सञ्जाल मार्फत फैलाइरहेका छन् । नायिकाहरुले रेखा थापा, केकी अधिकारी र रिचा शर्माले अनशनस्थलमा नै पुगेका एक्यवद्धता जनाएका हुन् । अभिनेता निश्चल बस्नेत, खगेन्द्र लामिछानेले पनि एक्यवद्धा जनाएका छन् । उनीहरुले डा केसीका माग जायज र देशका लागि भएकाले एक्यवद्धता जनाएको बताए ।  

Dr. Gobinda Kc Keki Adhikari Khagendra Lamichhane Nishal Basnet

विशेष