ताजा खबर News

माधव नेपालले प्रधानमन्त्री ओलीप्रतिको रिस संसदमै किन पोखे ?

माधव नेपालले प्रधानमन्त्री ओलीप्रतिको रिस संसदमै किन पोखे ?
साउन - ७ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले संसदको रोष्टमबाट आफ्नै पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् । अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिंदै मन्तव्य राखेका नेपालले ओलीलाई सान्त्वना दिने गरी अभिव्यक्ति दिएनन् । राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बेलामा पार्टीको पनि गुटले सरकार चलाएको उनको आरोप थियो । उनले प्रचण्डप्रति संकेत गर्दै पूराना कुरा कोट्याएर फाइदा नभएको भन्दै सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए । संसदमा आलोचनाको तारो बनेका ओलीलाई आफ्नै पार्टीका बरिष्ठ नेताले समेत छेडछाड गर्नुलाई अर्थपूर्ण मानिएको छ । ओलीले सत्ताको दुरुपयोग गरी पार्टी कब्जा गर्न लागेको तथा आफुहरुलाई चाउरी पार्न खोजेको नेता नेपालले यसअघि नै सार्वजनिक अभिव्यक्ति दिइसकेका थिए । चीन भ्रमणमा पठाउने पार्टीको टोली, विदेश भ्रमण, राजदुत नियुक्ति तथा अन्य राजनीतिक नियुक्तिलगायतका बिषयमा ओलीले मनपरी गरेको नेपाल पक्षको आरोप थियो । ओलीको बर्हिगमनप्रति माधब नेपाल पक्षधर खुशी रहेको अर्थमा नेपालको अभिव्यक्तिलाई लिइएको छ । शुक्रबार एक टेलिभिजनमा अन्तरवार्ता दिंदै भारत निकट रहेका कांग्रेस सांसद अमरेशकुमार सिंहले ओली पार्टीभित्रै पतन हुने टिप्पणी गरेका थिए ।

madhav kumar nepal

विशेष