News

शनिवार संसद भवनमा कस्ले के भने

शनिवार संसद भवनमा कस्ले के भने
bicc आइतबार ११ बजे शुरु हुने गरी सभासदहरुले अविश्वासको प्रस्तावमाथि आफ्नो धारणा राख्ने कार्यक्रम स्थगित गरिएको छ । सभामुखले शनिवारको बैठक स्थगित भएको घोषणा गरेकी छन् । शनिवार, बामदेव गौतम, प्रदीप गिरी, अम्रेस कुमार यादव, लगाएतका सभासदहरुले आफुनो धारणा राखेको थिए । कांग्रेस नेता अम्रेश कुमार यादवले अाफ्नाे धारणा राख्दा केही क्षण एमाले सभासदहरु अाक्राेशीत बनेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा अालीमाथि अपशब्द बाेलेकाे अाराेप लगाएका थिए । छलफलमा भाग लिँदै गौतमले भने- म आज दुःखी छु, केपी ओलीलाई हटाएर प्रधानमन्त्री बन्ने कुरा नै प्रमुख हो भने, त्यसको निम्ति त मैले सहमति गरेकै थिएँ । सिग्नेचरमात्रै भएको थिएन । मैले गरेका सहमतिहरु मेरो तर्फबाट सधैंभरि लागु भएका छन्, ढिलो वा चाँडो यो पनि लागुहुन्थ्यो ।’ असन्तुष्टि जनाउँदै एमाले नेता नेपालले शनिबार व्यवस्थापिकामा भने- ‘कुनै पनि चिज संस्थागत ढंगले चल्दैन । देश पनि चल्दैन संस्थागत ढंगले, सरकार पनि चल्दैन संस्थागत ढंगले, पार्टी पनि चल्दैन संस्थागत ढंगले ।’ शुक्रबार व्यवस्थापिका संसदमा बोल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली संघीयता र गणतन्त्रविरोधी भएको आरोप लगाएका थिए । गणतन्त्र विरोधीहरुसँग प्रधानमन्त्रीको प्रेमभाव बढेको प्रचण्डको आरोप थियो । प्रचण्डले यसो भनेको भोलिपल्ट माधव नेपालले पनि संविधानका उपलब्धिहरु संकटमा पार्ने गम्भीर षडयन्त्र भइरहेको भन्दै सबैलाई गम्भीर हुन आग्रह गरेका छन् । माओवादी नेता राम कार्कीर्ले सभामुख नेम्वाङ र एमाले नेताहरुले बारम्बार सेता कुर्सी भरिएको भनेकोमा गम्भीर आरोप लगाए । संसदका कुर्सी भरिएको छ भन्दा पनि हुन्छ भन्दै उनले अघि भने, ‘हामी मधेसका मान्छेको वर्णलाई इंगित गरिरहेका छैनौं रु किन जिस्क्याइन्छ ?’ प्रदीप गिरीले अाफ्नाे धारणा राख्दै भने 'वर्तमान र भावी प्रधानमन्त्रीले नोभेम्वर भन्ने फिल्म हेर्नु होला जसले हिटलरको जन्म भएको प्रष्ट पार्छ।' विगत दुुर्इ दिनदेखि सभासदहरुले अविश्वासको प्रस्ताव माथि आफ्नो धारणा राख्ने कार्यक्रम चलिरहेको छ । धारणा राख्ने कार्यक्रम अाइतबार पनि जारी रहने छ । छलफल पछि उठेका प्रश्नकाे जवाफ प्रधानमन्त्री केपी शर्मा अाेलीले दिने कार्यक्रम रहेकाे छ ।

Samsad Bhawan

विशेष