फुड News

सांसदले खाने खानामा नै उजुरी

सांसदले खाने खानामा नै उजुरी

dirty food

साउन ८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रेष्टुरेन्टका खाना र जारका पानीविरुद्ध बढी मात्रामा उजुरी पर्ने गरेका छन् । विभागमा पर्ने गरेका उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी रेष्टुरेन्टका खाना, मिठाई तथा जारको पानीविरुद्ध पर्ने गरेको विभागका खाद्य अनुसन्धान अधिकृतले बताएका छन । सिंहदरवार तथा संसद भवनका क्यान्टिनका खाना तथा पेय पदार्थमा समेत उजुरीहरु परेका छन् । परेका उजुरीका सम्वन्धमा आवश्यक निर्देशन दिइसकेको र सुधार समेत भइसकेको विभागले दावी गरेको छ । सिंहदरवारस्थित श्रम मन्त्रालय परिसरमा रहेको क्यान्टिनको ‘स्प्राइट’ पेय पदार्थमा झिँगाजस्तै वस्तु देखिएको भन्दै विभागमा उजुरी परेको छ भने संसद सचिवालयको क्यान्टिनको तरकारी गन्हाएको गुनासो विभागमा आएको छ । यी रेष्टुरेन्ट र मिष्ठान्न पसलले बासी खाना खुवाएको, गन्हाएको मिठाई बेचेको, परिकारमा झिँगा, रौँजस्ता अखाद्य वस्तु परेकोजस्ता गुनासा विभागमा परेका छन् । ससंद भवनका केही रेष्टुरेन्ट तथा मिष्ठान्न भण्डारमा उजुरी आएपछि विभागले अनुगमन गरी सरसफाई गर्न र खानाका परिकारलाई स्वच्छ सफा तवरले तयार गर्न निर्देशन दिइसकेको छ । रेष्टुरेन्टका खानाका अलवा जारको पानीमा लेउ लागेको, अखाद्य वस्तु भेटिएको, गन्हाएको, कीरा परेको जस्ता उजुरीहरु समेत विभागमा दर्ता भएका छन् । यसरी उजुरी पर्ने पानी प्रशोधन उद्योगहरुमा अक्वा स्ट्रिम, संग्रिला स्प्रिङ वाटर र अक्वा रियस छन् । यी उद्योगबाट प्रशोधन भएको जार पानीबिरुद्ध परेका उजुरीहरु पनि कतिपय सम्वोधन भइसकेको र कतिपय उद्योगहरुलाई आवश्यक निर्देशन दिइसकेको विभागको दावी छ ।

dirty food Sansad

विशेष