ताजा खबर राजनीति News

अमरेशकुमारलाई संसदबाट निलम्बन गर्नुपर्ने एमालेको माग

अमरेशकुमारलाई संसदबाट निलम्बन गर्नुपर्ने एमालेको माग

rabindra adhikari साउन  ८  नेकपा एमालेको सभासद रविन्द अधिकारीले काङग्रेस सभासद अमरेश कुमार यादबले ब्यावस्थापिका संसदमा दिएको अभिव्यक्तिको भत्र्सना गरेका छन । उनले नेपाल आजसंग टेलिफोनमा कुरा गर्दै सिंहको अभिब्यक्ति संसदीय मर्यादा बिपरित भएको बताएका छन् ।

सिंहले संसद रोष्टमबाट प्रधानमन्त्री केपी ओली मानसिक रोगी भएको अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै एमाले सांसदहरुले आपत्ति जनाएका थिए ।

एमाले सांसद रविन्द्र अधिकारी भन्छन्, ‘अमरेश कुमार सिंहको अभिव्यक्ति घृणित, लज्जास्पद, र संसदीय मर्यादा विपरित छ । हामीले यो अभिब्यक्तिलाई गम्भिरतापुर्वक लिएका छौ । यसको जवाफ काङग्रेसले दिनुपर्छ । यो बोली काङग्रेसको हो वा अमरेशको हो, त्यो जवाफ संसदमा दिनुपर्छ ।’

अधिकारीले सिंहको अभिब्यक्तिले ब्यावस्थापिका संसदमाको गरिमालाई नै गिराएको टिप्पणी गरे । सभामुखको भुमिकाप्रति पनि अधिकारीले संशय व्यक्त गरे । उनले भने, ‘यस्तो अपशब्द प्रयोग गर्दा सभामुखले तत्काललै माफि माग्न लगाउनु पर्ने हो । तत्काल कारबाही गर्नुपर्ने हो, तर त्यस्तो केही भएन । यस्तो अवस्थामा निलम्बन गर्ने सम्म अधिकार सभामुखलाई हुन्छ ।’

amale amresh kumar singh rabindra adhikarii

विशेष