चितवनमा पोथि गैडा मर्यो
साउन ८ । दुई गैंडा एकआपसमा जुध्दा पोथी चितवन राष्ट्रिय निकुञ्जमा पोथि गैंडा मरेको छ । पश्चिम चितवनको सेतीदेवी सामुदायिक वनमा भाले र पोथी गैँडा जुध्दा अन्दाजी ५ वर्षको पोथी गैंडा मरेको चितवन राष्टिय निकुञ्जका अधिकारीले जानकारी दिएका छन् ।
२ दिनअघि भालेसँग जुध्दा ढाड भाचिएर घाइते भएको गैंडा उपचारको क्रममा विहान मरेको उनले बताए । लगातार रुपमा ८ सय १५ दिन बढी शुन्य चोरी शिकार वर्ष निकुञ्जमा गत साल पनि यसैगरी गैंडा जुधेर मरेको थियो ।
गैडाको पोष्टमार्टम गरी आजै गाडिएको निकुञ्जले जनाएको छ । निकुञ्जले शुन्य चोरी शिकार वर्ष मनाईरहँदा पछिल्लो गैडा एकआपस जुधेर र विभिन्न रोगका कारण मर्न थालेपछि संरक्षणमा थप चुनौती थपिएको छ ।
हालसम्म कालगति र एक आपसमा हुने लडाँइमा ११ वटा गैडा मरिसकेको निकुञ्जले जनाएको छ
नबषमब