ताजा खबर News

सांसद अमेशलाई देश निकाला गर्नुपर्ने माग राख्दै युवासंघको प्रदर्शन

सांसद अमेशलाई देश निकाला गर्नुपर्ने माग राख्दै युवासंघको प्रदर्शन

andolan 1

काठमाडौं, साउन ८ ।  नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई देश निकाला गर्न माग गर्दै नेकपा एमालेसम्वद्ध युवा संघले प्रदर्शन गरेको छ । संसदमा बोल्ने क्रममा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक रोगी भनेपछि हंगामा भएको थियो । एमाले संसदहरुले नियमापत्ति गरेपछि सभामुखले उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिइन् ।

सिंहले संसदमा दिएको अभिव्यक्तिलाई दिएर युवा संघ नेपालले उनलाई देश निकाला गर्न माग गरेको छ । युवा संघले गोगंबु क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा युवा संघका अध्यक्ष राजिव पहाडी सहित केही नेता कार्यकर्ताको संलग्नता थियो । युवा संघलले भोलि वानेश्वरमा प्रर्दशन गर्ने निर्णय समेत गरेको प्रवक्ता प्रभातबिक्रम कटुवालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । press note1 copy

Amresh Sigh

विशेष