खेल ताजा खबर News

महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात
women cricket (2)

काठमाडौं, साउन ९ । काठमाडौंमा सुरु महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् । महिला राष्ट्रिय क्रिकेट टिमको छनौटका लागि भएको प्रतियोगितामा एपिएफले मध्यमाञ्चल क्रिकेट टिमलाई ६ विकेटले पराजित गरेको हो । मध्यमाञ्चलले दिएको ४० रनको झिनो लक्ष्य एपीएफले ८ ओभर १ बलमा ४ विकेटको क्षतिमा भेट्टायो । पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित १६ ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनाएको हो ।

Cri

त्यस्तै हिजै भएको दोश्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चल क्रिकेट टीमलाई ९ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको पश्चिमाञ्चल १८ ओभर २ बलमा ३८ रन मात्र बनाउन सक्यो । ३९ रनको लक्ष्य पूर्वाञ्चलले ८ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हङकङमा आगामी अक्टोबरमा हुने महिला विश्वकप २०१६ को एसियाली छनौटका लागि नेपाली टिम चयन गर्न प्रतियोगिता गरिएको हो ।

Woman Cricket

विशेष