ताजा खबर News

ओलीको उत्तर, म गणतन्त्रका लागि जलेनेल भोग्दा स्कुल पढ्ने प्रचण्डले मलाई प्रश्न गर्ने ?

ओलीको उत्तर, म गणतन्त्रका लागि जलेनेल भोग्दा स्कुल पढ्ने प्रचण्डले मलाई प्रश्न गर्ने ?

kp-sharma-oli

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई राजावादी भनिएकोप्रति दुःख व्यक्त गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड विद्यालय पढ्दै गर्दा आफुले राजतन्त्रका विरुद्धमा जेलनेल भोगेको ओलीको भनाइ छ । परिस्थिति अनुसार राजतन्त्र सम्झौता गरेको र संवैधानिक राजतन्त्रलाई मानेको भएपनि निष्ठाका हिसावले आफु सधैं गणतन्त्रवादी रहेको उनको भनाइ छ ।

नेपाल टेलिभिजनमा प्रशारित प्रधानमन्त्रीसँग सिंधा कुरामा शनिबार बोल्दै ओलीले प्रचण्ड अनुकुल वातावारणमा फुर्कने बानी रहेको जनाए । भोलि आफ्नै अभिव्यक्तिको खण्डन गर्नुपर्ने गरी नबोल्न उनले प्रचण्डलाई सुझाव दिए ।

KP Oli

विशेष