गोविन्द केसीलाई ओलीले पूर्वाग्रही देखेपछि....

प्रधानमन्त्री केपी शर्मा ओलीले आमरण अनसनरत डाक्टर गोविन्द केसीलाई पूर्वाग्रहीको संज्ञा दिएका छन् । सत्याग्रह गरेको भन्ने मान्छेले पूर्वाग्रह राख्न नहुने भन्दै उनले केसीलाई सत्आग्रहमात्र राख्न आग्रह गरे । केसीको आमरण अनसनबारे सोधिएको प्रश्नको जवाफमा उनले उचित माग पूरा गरिने तर पूर्वाग्रहलाई सम्बोधन गर्न नसकिने जनाए ।
अख्तियार प्रमुख लोकमानसिंह कार्की र मनमोहन मेमोरियल मेडिकल कलेजप्रति पूर्वाग्रह राखेको ओलीको संकेत थियो । टेलिभिजन कार्यक्रम प्रधानमन्त्रीसँग सिधा कुरामा ओलीले केसीको कारण अरुको अपमान हुन नहुने जनाए ।
Dr. Gobinda Kc Gobinda Kc Oli Vs Kc