राजनीति News

कमल थापाले देखाए कसैले सोच्दै नसोचेको व्यवहार

कमल थापाले देखाए कसैले सोच्दै नसोचेको व्यवहार

Kamal TTT उपप्रधानमन्त्री एंव राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय देखाएको राजनीतिक व्यवहारलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ । १८ बर्ष अघि उनलाई राप्रपाका नेता तथा तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुसा प्रवृत्तिको भनि टिप्पणी गरेका थिए । आफ्नै पार्टीका नेता चन्दको सरकार फालेर अर्का नेता सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाउन सहयोगी भुमिका निर्वाह गरेपछि चन्दले थापालाई मुसाको संज्ञा दिएका थिए । अस्थिर स्वभावको वैगुनी प्रजातिसँग तुलना गरिएका थापाले अहिले भने अभुतपूर्वरुपमा स्थिर स्वभाव देखाएका छन् ।

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विरुद्धमा आन्दोलन गर्दै आएको राप्रपा नेपालका अध्यक्ष थापा धर्मरिपेक्षता, गणतन्त्र र संघीयता कार्यान्वयन गर्ने मन्त्रिपरिषद्मा सहभागी भएपछि उनको मुसा प्रवृत्ति फेरिपनि चर्चामा आएको थियो । अवसरका लागि सक्रिय राजनीतिदेखि गणतन्त्रसम्मका सबै कोठा चहारेको आरोप लागेका थापा यसपटक भने ओलीको पक्षमा अडिग देखिएका छन् ।

राप्रपा र फोरम लोकतान्त्रिकले सरकार ढल्ने निश्चित भएपछि ओलीलाई दिएको समर्थन फिर्ता लिएका छन् । आज हुने मतदानमा ति दलले ओलीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्दैछन् । रातारात कित्ता परिवर्तन गरेर यि दुई दलले नयाँ सरकारमा सिट सुरक्षित गरेका छन् । कमल थापा भने मौन छन् । यसअघिपनि ओली सरकार समस्यमा पर्दा उनले अन्तिम अवस्थासम्म ओलीलाई साथ दिने बताएका थिए ।

थापाप्रति कृतज्ञ ओली

कमल थापालाई संघीय मामिला र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएपछि ओलीसँग प्रचण्ड केही हच्किएका थिए । थापालाई वार्ता टोलीको संयोजक बनाएपछि ओलीप्रति प्रचण्डले आंशका व्यक्त गरेका थिए । शुक्रबारको संसद बैठकमा प्रचण्डले ओलीलाई राजबादीसँग साँठगाँठ गरेको भन्दै गम्भीर आरोप लगाए । प्रचण्डले ओलीमाथि आरोप लगाइरहदा संसदको क्यामराले ओली र थापालाई एकै फ्रेममा राखेर देखाएको थियो ।

थापालाई संकेत गर्दै आफुमाथि राजावादीको आरोप लगाएपनि ओली थापाको व्यवहारबाट प्रसन्न छन् । शनिबार उनले नेपाल टेलिभिजनमा दिएको अन्तरवार्तामा देशको राजनीतिमा प्रष्ट ध्रुबीकरण भएको र राष्ट्रवादीहरुको कित्ता छुट्टिएको जनाए । थापालाई राष्ट्रवादी र देशका लागि केही गर्न चाहने शक्तिका रुपमा परिभाषित गरेर गुन तिरेका छन् ।

kamal Thapa

विशेष