ताजा खबर News

झापामा भारी वर्षा, घरभित्रै थुनिए स्थानिय (फोटो फिचर)

झापामा भारी वर्षा, घरभित्रै थुनिए स्थानिय (फोटो फिचर)

Jhapa साउन ८ । शनिबार रातीबाट लगातार परेको वर्षाले झापाको चन्द्रगढिका स्थानिय बासिन्दाको जीवन कष्टकार बनेको छ ।

Jhg

आइतबारसम्म नरोकिएको वर्षाका कारण वरपरका घर डुबानमा परेकोले प्रहरी परिचालन गर्नुपरेको स्थानिय बासिन्दा बबिता खत्रीले बताइन् । लगातार वर्षाका कारण आसपासका थुप्रै ठाउँहरु डुबानमा परेका छन् । भद्रपुरबाट बिर्तामोड जाने बाटो पनि पानीको कारणले अवरुद्ध भएको छ । बाटो बन्द भएका कारण बिर्तामोडका कयौैँ कलेजहरुले बिदा दिएको जानकारी बबिताले दिइन् ।

j2

भद्रपुर हुँदै बिर्तामोड जान नसकेकोले केहि सवारी साधनहरु चन्द्रगढि हुदै चारलीबाट बिर्तामोड जाने क्रममा छन् । वरपर थुप्रै पानी जमेको कारण त्यहाँका बासिन्दाहरु घर भित्रै थुनिएका छन् ।

Jhg यस्तो अवस्थामा पुलिसलाई बोलाएर बाहिर निस्कने क्रम जारी छ । यसरी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । विद्यालयका सवारी साधन आउजाउ गर्न पनि गाह्रो भएकाले अध्ययनमा पनि असर परेको छ ।

jp

रोपिएको धानको बाली पनि सबै डुबेको र किसानहरु पनि तनावमा परेको स्थानिय बासिन्दा खत्रीले बताइन् ।

Jhapa Duban

विशेष