राजनीति News

प्रतीक्षामा प्रधानमन्त्रीको भाषण !

प्रतीक्षामा प्रधानमन्त्रीको भाषण !
kp-sharma-oli
प्रधानमन्त्री केपी ओलीले आज संसदमा अविश्वासको प्रस्तावमा उठाइएका सवालको जवाफ दिंदैछन् । प्रचण्डले शुक्रबार उनीमाथि शब्दमार्फत 'फायर' गरेको सन्दर्भमा उनको भाषणलाई धेरैले चाँसोपूर्वक प्रतीक्षा गरिरहेका छन् । अविश्वासको प्रस्ताव पारित हुने निश्चित रहेको सन्दर्भमा ओलीले भावपूर्ण भाषण गर्ने तयारी गरिरहेको बुझिएको छ । उनका सहयोगीले उठाउनुपर्ने विषयलाई लिपीबद्ध गरिसकेको र प्रधानमन्त्री बुँदा र तथ्यगतरुपमा प्रस्तुत हुने बुझिएको छ । आक्रामक अभिव्यक्तिको साटो भावात्मक र विकासमुखी भाषण गरेर प्रचण्डलाई 'व्याकफायर' गर्ने रणनीति ओलीले लिएको बताइन्छ । फोरम लोकतान्त्रिक र राप्रपाले समेत समर्थन फिर्ता लिएपछि ओलीको शक्ति झनै साँघुरिएको छ । उनलाई राप्रपा नेपाल, जनमोर्चा, नेकपा माले लगायतका साना दलको समर्थन छ । यि सबै दल संघीयताविरोधी हुन् ।

kp oli in bicc pratikshyama pradhanmantiko vashan

विशेष