ताजा खबर News

नयाँ सरकार गठनमा कुनै अप्ठ्याराे छैन: पूर्वप्रधानमन्त्री खनाल

नयाँ सरकार गठनमा कुनै अप्ठ्याराे छैन: पूर्वप्रधानमन्त्री खनाल

Jhalanath Khanal

काठमाडौं, साउन ८ । प्रधानमन्त्री केपी ओली र केही एमाले नेताहरुले संविधानमा नयाँ सरकार गठनको प्रावधान नभएको बताइरहेका बेला एमालेकै नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने स्वभाविक रुपमा नयाँ सरकार बन्ने बताएका हुन् । ’अविश्वासको प्रस्ताव पारित भएपछि स्वभाविक रुपमा नयाँ सरकार बन्छ’ खनालले भने, ’म नयाँ सरकार गठनमा कुनै अप्ठ्यरो देख्दिन ।

नयाँ सरकार गठन हुन्छ ।’ उनले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको समेत बताए । ’संविधान कार्यान्वयनको लागि सबै दलहरुबीच एकता हुनु जरुरी भएकोले राष्ट्रिय सहमतिको सरकार आवश्यक छ । राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि छलफल गरौं’ उनले भने, ’होइन, एमाले प्रतिपक्षमै बस्नु पर्छ भन्ने हो भने तपाईहरुको जय होस्, म यति भन्न सक्छु ।’ पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको बजेट राम्रो भएको तर त्यसमा आस्रित विधेयक पारित हुन नदिनुचाहिँ राम्रो नभएको बताएका छन् ।

samsad baithak

विशेष