
संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘मुसा’ हरुप्रति सजग रहन प्रचण्डलाई सुझाव दिएका छन् । २०५४ सालमा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि जवाफ दिने क्रममा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सरकार छाड्नेहरुलाई ‘मुसा’ को संज्ञा दिएका छन् । त्यसबेला उनले मुसा प्रवृत्ति भन्दै कमल थापाको कार्यप्रति संकेत गरेका थिए ।
अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै फोरम अध्यक्ष यादवले डुंगा डुब्न लाग्दा मुसाहरु पहिला भाग्ने बताए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार छाड्ने साना दलहरुप्रति संकेत गर्दै उनले ओली सरकार ढल्ने भएपछि मुसाहरु भाग्न थालेको बताए ।
उनले आउने सरकारको नेृतृत्व गर्ने (प्रचण्ड) लाई भने चुहा (मुसा) भनेको यस्तै हुन्छ, कतिखेर छाड्छ थाहा हुँदैन । चुहाको फौज तयार गरेर केही हात पार्ने वाला छैन । सतर्क रहनु होला ।’
Puspakamal Dahal
upendra yadav