ताजा खबर News

डाक्टर केसीका समर्थकलाई लाठी चार्ज

डाक्टर केसीका समर्थकलाई लाठी चार्ज

lathi charg साउन ९  डा. गोविन्द केसीलाई ’पागल’ भनेको भन्दै अख्तियारको केन्द्रीय कार्यालय घेर्न पुगेका डा.केसीका समर्थकलाई प्रहरीले लाठी प्रहार गरेको छ । काठमाडौँ विश्वविद्यालयको मेडिकल स्नातकोत्तर (एमडीरएमएस) प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप भएको छ उनीहरुले आराप लगाएका छन ।

आइतबार बिहान डा. केसीको समर्थनमा आयोजित अख्तियार घेराउ कार्यक्रममा सहभागीलाई प्रहरीले धरपकड गरेको हो । आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीच ठेलमठेल भएको थियो । भाटभटेनीबाट अख्तियारको कार्यालय घेर्न जान लागेका केही आन्दोलनकारीलाई प्रहरीले लाठी प्रहार गरेको छ ।

करिव आधा दर्जन आन्दोलनकारी घाइते हुनेगरि प्रहरीले लाठी हानेको छ । करिव एकदर्जन आन्दोलनकारीलाई पक्राउ गरेर प्रहरीले कमलपोखरी वृतमा लगेको छ । उनीहरुलाई किन लगिएको र कहिले छाडिनेबारे प्रहरीले खुलासा गरेको छैन ।

akhityar ansan doctor kc lokman

विशेष