काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा एक सयभन्दा बढीको मृत्यु
महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले सवारी नियम विपरीत सवारी चलाउने प्रवृत्तिका कारण अधिकांश दुर्घटना हुने गरेको जानकारी दिए । उनले भने, ‘पर्याप्त सडक संरचनाको अभावले सडकमा हिँड्ने अनुकूल वातावरण नहुनु र भएका संरचना पनि उचित प्रयोग नहुँदा दुर्घटना हुने गरेको छ ।’ उहाँ पैदलयात्रुले सडक तथा सडक पेटीमा पैदल हिँड्दा र सडक पार गर्दा सावधानी नअपनाउने र सवारी चालकले पनि पैदलयात्रुलाई सडकमा प्राथमिकता नदिने गरेका कारण सवारी दुर्घटना बढी भएको बताए ।
महाशाखाले सवारी दुर्घटनालाई कम गर्नाका साथै पैदलयात्रु सुरक्षा कार्यक्रमका लागि आजदेखि पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गर्न लागेको जनाएको छ । यस्तै सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा लिने, नियमानुसार पाउने छुट नदिने, अनावश्यक हैरानी एवम् दुव्र्यवहार गर्ने, ट्याक्सी भाडामा जान नमान्ने गरेमा महाशाखामा उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ । महाशाखाको मोबाइल नं ९८५१२९५१०० मा एसएमएस पठाएमा कारबाही गरिने जनाएको छ ।
Lalbabu Road Acciddent