बागमती नदीको कटानले बनायो रौतहटका सात गाविस जोखिमपूर्ण
साउन ८ लाल बकैया र बागमती नदीका कारण रौतहटका सात गाउँ विकास समिति जोखिममा परेका छन् ।
पूर्वमा रहेको बागमती नदीले बेलबिछवा, बडहरवा तटबन्ध र आसपासका खेतहरु कटान गरिरहेको छ । बेलबिछवा वडा नं. ४ मा रहेको तट्बन्धलाई वर्षाको पानीले पनि कमजोर बनाउदा, ठाँउठाँउमा भत्किन थालेकोले बाढीले सजिलै सो स्थानबाट तटबन्ध नै भत्काउने खतरा बढेको छ ।
यसैगरी पश्चीम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया मा पनि बाढीको त्राश बढेको छ । सदरमुकाम गौरको पूर्व र पश्चीम दुवै तर्फ रहेका दुई ठूला नदीहरुमा लगातार निगरानी भइ रहेको छ भने नदी किनारका बासिन्दालाई पनि सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।
लाल बकैया नदीले सबै भन्दा बढी कटहरीयामा निर्माणाधिन रहेको पुलको बाध र देवाही गाविसको बाधलाई क्षति र्पुयाएको छ । सो क्षेत्रमा बाध जोेगाउन पहल नगरिए बाढीले ठूलो असर पार्न सक्ने खतरा रहेको स्थानियले बताएका छन् ।
देवाही गाविसमा हरेक वर्ष लाल बकैया नदीले स्थानियलाई त्रशित बनाउने गरे पनि सम्बन्धीत निकायले बाध मरमतका लागि पहल नगरेको स्थानीयहरुले बताएका छन ।
river