ताजा खबर राजनीति News

सरकार बनाउने र गिराउने खेल जनताको पक्षमा छैन् ‌‌‌- भट्टराई

सरकार बनाउने र गिराउने खेल जनताको पक्षमा छैन् ‌‌‌- भट्टराई

baburam bhatgtarai साउन ९। नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताएका छन् ।

नेपाल प्रेस सोसाइटी कास्कीकाे आयोजनामा पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले जनअपेक्षानुरुप आर्थिक समृद्धि र विकासमा देशलाई लैजानुपर्नेमा पुराना राजनीतिक दल पुनः सरकार गिराउने र बनाउने खेलमा लागिरहेको स्पष्ट पारेका छन् ।

गत २६ वर्षमा २३ पटक सरकार परिवर्तन भएको बताउँदै उनले शासकीय प्रणाली र निर्वाचन प्रणालीको त्रुटिका कारण समस्या आएकाले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली कायम हुनुपर्ने धारणा राखेका छन् । नेपालमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक रुपले अन्तरनिर्भरता भएमा मात्र देश सबल बन्ने उनकाे भनाइ छ । अब बन्ने सरकारले विद्ममान मधेसी, जनजाति लगायतका मागलाई सम्बोधन गर्दै सीमाङ्कन लगायत विषयलाई टुङ्ग्याएर निर्वाचनमा जानुपर्ने उनले बताए । रासस

Dr. Baburam Bhattari kathmandu Pokhara

विशेष