ताजा खबर राजनीति News

पाण्डेले दिए प्रचण्डलाई भैंसी व्यापारीको संज्ञा

पाण्डेले दिए प्रचण्डलाई  भैंसी व्यापारीको संज्ञा

Rajendra_Pandey3095 साउन ९। नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले माओवादी अध्यक्ष प्रचण्डलाई भैंसी व्यापारीसँग तुलना गरेका छन् । संसदमा जारी अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता पाण्डेले नेताहरुमा अभिनयकला निकै रहेको बताए ।

आफ्नो गाउँको भैंसी व्यापारीको कथा सुनाउँदै उनले भने, किन्ने बेलामा ‘तेरो भैसी खत्तम, सानो, खुट्टा पनि लामो नभएको भन्यो र सस्तो मूल्यमा ल्याउँथ्यो । बेच्ने बेलामा खुट्टा छोटो भएको थोरै घाँसले अघाउने यस्तो भैंसी कहि भेटिँदैन भन्थ्यो ।’

माओवादी अध्यक्ष प्रचण्डले हिजो केपी ओलीलाई गणतन्त्रवादी, विकासवादी, संघीयता पक्षधर देखेको तर, अहिले अविश्वासको प्रस्ताव ल्याएपछि जम्मै भएन भनेको उनले बताए । नेता पाण्डेले भने, ‘यतिविधि जम्प नगरौं । ठाउँ साघुँरो छ । एक माघले जाडो जाँदैन ।’ उनले केही पछि प्रचण्डले अस्तीको कुरा बेकारको रहेछ, ओली नै ठीक भन्ने दिन आउन सक्ने बताए ।

Nepali Samsad rajendra pandey

विशेष