News

संसदमा सम्बोधन गर्दै शेर बहादुर देउवा

संसदमा सम्बोधन गर्दै शेर बहादुर देउवा
साउन - ९ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा अविश्वासको प्रस्तावमाथि आफ्नो धारणा राखेका छन् । सम्बाेधनका क्रममा नेपाली काङ्ग्रेस दुवै छिमेकी देशसँग समान व्यवहार राख्न चाहेको भन्दै उनले भने ‘नेपाली काङ्ग्रेस न त चिनसँग झगडा गर्छ न त भारतसँग गर्न चाहन्छ ।’ राज्यलाई तिरेको कर व्यक्तिगत रुपमा कार्यकर्तालाई बाँडेको भन्दै देउवाले करदाताले तिरेको करको दुरुपयोग गरेको आह्रोप लगाए । ‘करदाताले दिएको पैसा राज्यलाई हो कुनै व्यक्ति वा पार्टिलाई होइन । देशको ढुकुटी दर्च गर्न आफ्नो कायकर्तालाई भर्ती आफ्नै कारणले अविस्वासको प्रस्ताव दर्ता गरेको हो । यो सरकारले जुनसुकै क्षेत्रमा आफ्नो कार्यकर्ता भर्ना गरेको छ यस्तो गर्न पाईदैन ।’ सम्बिधान कार्यान्वयन हुन गाह्राे भएकाेले सबै मिल्ने पर्ने उनकाे जाेड थियाे । प्रजातान्त्रिक मुलुकमा सरकार वदलिने काम सामान्य भएकाले शान्तिपूर्ण ढंगबाट बदल्नु पर्ने उनकाे अभिव्यक्त थियाे । अन्त्यमा उनले आदरणीय प्रधानमन्त्री ज्यूलाई शान्तिपूर्ण ढंगले सत्ता शस्तान्तरण गर्न आग्रह गरेका छन् । उनी लगत्तै अविश्वासकाे प्रस्ताव माथि उठेका प्रश्नकाे जवाफ दिन प्रधानमन्त्री केपी शर्मा अाली अाएका थिए । शुक्रबार देखि संसद भवनमा अविश्वासकाे प्रस्तावमाथि छलफल भइरहेकाे छ ।  

Sher Bahadur Deoba Sher Bahadur Deuba

विशेष