प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्दै
साउन – ९ प्रधानमन्त्री केपी शर्मा ओली अविश्वासको प्रस्ताव माथि उठेका प्रश्नको जवाफ दिन शुरु गरेका छन् ।
सम्मानिय सभामुख महोदय, सरकार विरुद्ध अथवा मेरो विरुद्ध अविश्वासको प्रस्तावको धारण सम्बोधन यहाँ उभिएको छु भन्दै आफ्नो धारणा शुरु गरेका छन् ।
आज भन्दा २१ वर्ष अगाडी मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा बजेटसमेत ल्याउन दिइएन । किनकि उहाले देशमा धेरै परिवर्तन गर्नु भएको थियो । त्यो समय चक्रब्यू भएको थियो । आज पनि त्यस्तै प्रयासहरु भएको देखिन्छ ।
राजनीतिमा यस्तो उतारचढाव त भइनै रहन्छ । त्रासमा नअच्कीएका र कुनै लोभमा नफसेका साथीहरुलाई धन्यवाद , भन्न चाहन्छु । लिकबाट रेललाई बाहिर फ्याकेपछि दुर्घटना अवस्य हुन्छ । यस्तै सरकार हट्दा देशलाई कति घाटा भयो त्यो मैले त्यो भनीरहनु नपर्ला ।
यति खेर सरकारको बाटो ९ महिनामै छेकेर लोकतान्त्रिक अभ्यास हो तर कुनै उदेश्यको लागि के को लागि त्यो प्रष्ट छ ।
हामीले संविभानले परिकल्पना गरेका विकासहरु गर्नै बाँकी छ । संविधान निर्माणका नीम्ती एउटा सहमति गरेका थियौ ।
लोकतान्त्रिक विविधताद्वारा बनाइएको संविधानलाई जलाईएको छ । देश संकटमा भएको बेला नेपाल भारत सम्बन्ध एतिहासको जटिल घडीमा थियो ।
त्यस्तो, संकट भएको बेला मैले ती समस्या समाधानको जिम्मा लिएको थिए । ती संकटलाई जब मैले सामान्य अवस्थामा ल्याए, त्यसपछि सरकार परिवर्तनको खेलमा आफुनै गठबन्धनका साथिहरु लागे अकास्मत सरकारलाई आक्रमण गरे । हामीले ९ बुदेँ सहमतिबाट तत्कालिन समस्याको समाधान गथ्र्यो ।
तर आज बुझेँ त्यो नियोजित षडयन्त्र रहेछ । बजेटपछि सरकार परिवर्तन हुन्छ भन्ने जियोजित हल्ला फिजाईयो । आपती व्यवस्था र शान्ती सुरक्षा भएन भन्ने गुनासो आयो त्यो मन्त्रालय त माओवादी कै थियो मलाई जसरी भएपनि प्रधानमन्त्रीमा बसीरहनुपर्ने आवस्यकता छैन । म देशको भद्रगोल उदासिनता हेरेर बस्न सक्दिन ।
सरकारलाई निर्देशन दिने उच्चस्तरीय समितिको संयोजकको सुझाव थियो । तर उहाले सरकारलाई कुन बैठकमा सझाव दिनुभयो अचानक रहस्यमय ढंगले सरकारबाट फिर्ता हुनुभयो ।
मैले अवीस्वासको प्रस्तावको बुदाहरु पढे उहाहरुले बोलेको वक्तव्य सुने अचम्म लाग्यो कोही नभएपनि विरोध गर्ने उहाहरुबाट सिक्नुपर्छ ।
कांङ्ग्रेसलेसिद्धान्त ने प्रतिपादन गरेको छ । टुलाटुला दलहरु मिलेर सरकार चलाउनु नै हुदैन । अब उसलाई सिद्धान्त च्युत कसरी गर्ने
तेस्रो टुलो दल जसले सरकार छोड्दा गहिरो प्रभाव पर्छ । त्यस्तो अवस्थामा कसैले गइद्योस भन्छ ।
यो अविस्वासको प्रस्ताव मन फाटेको, चित्त फाटेको , कमलो मन दुखेको आदी कारण रहेछ। मैले मिहरुकको च्यातिएको मन अरुणा लामाको गितमा भनेझै धरेचोटी सिउने कोसिस गरे । तर आज एकचोटि फाटेको छ । फेरी सिया पणउको अर्काे तिर फाटेको छ । फेरि भन्न चाहन्छु । एक मागले जाडो जादैन यो समय समाप्ती होइन समय चालु छ गतिशिल छ ।
अस्ती मैले एउटा सुने हामीलाई काम परिउन्जेल प्रयोग गरियो त्यउसपछि फ्यालियो। तर आफुउच्चस्तरीय समितिको संयोजक भएर आह्रोपअर्काको टाउकोमा लाउने ? सरकारमा हामिले सललाह गरिकन काम गरेका थियौ । हामि त्यत्रो दिनदिनै भेटेर गरेको छलफल चिया दान मात्रै थियो त ?
यहाँ त सबै गर्ने एउटै मान्छे अविसवासको प्रस्ताव राख्दै उहाले भन्नुभो राजनीतिक सम्भावनाको खेल हो तर यसमा पनि नियम हुन्छ । यस्तै सनयम पालना नगरेर राजनीतिक फोहारी खेल भएको हो ।
बागमती आफै फोहोर भएको होइन संसदिय अभ्यास कतै म्याद फिक्सिङ र डबिङ भएपछि प्रदुषित हुदैन् ।
KP Sharma Oli