२१ वर्ष अगाडी मनमोहनलार्इ बजेटसमेत ल्याउन दिइएन यहाँ पनि त्यस्तै प्रयासहरु भएका छन्ः प्रधानमन्त्री
साउन - ९ ।
आज भन्दा २१ वर्ष अगाडी मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा बजेटसमेत ल्याउन दिइएन । किनकि उहाले देशमा धेरै परिवर्तन गर्नु भएको थियो । त्यो समय चक्रब्यू भएको थियो । आज पनि त्यस्तै प्रयासहरु भएको देखिन्छ ।
राजनीतिमा यस्तो उतारचढाव त भइनै रहन्छ । त्रासमा नअच्कीएका र कुनै लोभमा नफसेका साथीहरुलाई धन्यवाद , भन्न चाहन्छु । लिकबाट रेललाई बाहिर फ्याकेपछि दुर्घटना अवस्य हुन्छ । यस्तै सरकार हट्दा देशलाई कति घाटा भयो त्यो मैले त्यो भनीरहनु नपर्ला ।
यति खेर सरकारको बाटो ९ महिनामै छेकेर लोकतान्त्रिक अभ्यास हो तर कुनै उदेश्यको लागि के को लागि त्यो प्रष्ट छ ।
हामीले संविभानले परिकल्पना गरेका विकासहरु गर्नै बाँकी छ । संविधान निर्माणका नीम्ती एउटा सहमति गरेका थियौ ।
लोकतान्त्रिक विविधताद्वारा बनाइएको संविधानलाई जलाईएको छ । देश संकटमा भएको बेला नेपाल भारत सम्बन्ध एतिहासको जटिल घडीमा थियो ।
त्यस्तो, संकट भएको बेला मैले ती समस्या समाधानको जिम्मा लिएको थिए । ती संकटलाई जब मैले सामान्य अवस्थामा ल्याए, त्यसपछि सरकार परिवर्तनको खेलमा आफुनै गठबन्धनका साथिहरु लागे अकास्मत सरकारलाई आक्रमण गरे । हामीले ९ बुदेँ सहमतिबाट तत्कालिन समस्याको समाधान गथ्र्यो ।
तर आज बुझेँ त्यो नियोजित षडयन्त्र रहेछ । बजेटपछि सरकार परिवर्तन हुन्छ भन्ने जियोजित हल्ला फिजाईयो । आपती व्यवस्था र शान्ती सुरक्षा भएन भन्ने गुनासो आयो त्यो मन्त्रालय त माओवादी कै थियो मलाई जसरी भएपनि प्रधानमन्त्रीमा बसीरहनुपर्ने आवस्यकता छैन । म देशको भद्रगोल उदासिनता हेरेर बस्न सक्दिन ।
KP Sharma Oli