सरकार र डा. केसीबीच चारबुँदे सहमति आजै अनसन तोड्ने
साउन १० । सरकार र १५ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीबीच चारबुँदे सहमति भएको छ । आइतबार राति अबेर डा. केसीले सहमतिमा हस्ताक्षर गरेका छन् । उनले आजै अनसन तोड्न भएका छन् । डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच लगातार भएको छलफलपछि सहमति जुटेको हो ।
सहमतिको मस्यौदा लिएर डा. केसीका प्रतिनिधि शिक्षण अस्पताल पुगेका थिए । केसीले फेरि धोका हुने हो कि भन्दै आशंका व्यक्त गरे । तर, सहमतिको मस्यौदामा थोरै संशोधन गर्दै हस्ताक्षर गरेका छन् । सहमतिमा डा. केसी र स्वास्थ्य सचिवले हस्ताक्षर गरे ।
सरकार र डा. केसीबीचको सहमतिसँगै मनमोहन अस्पतालको विवाद अन्त्य भएको देखिएको छ । चारबुँदे सहमतिमा नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेडद्धारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको स्वयम्भूस्थित अस्पताल भवन र दहचोकको बेसिक साइन्स भवन स्व. मनमोहन अधिकारीको नाममा सञ्चालन हुने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले किन्ने उल्लेख छ । यसका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई रकम भने सरकारले उपलब्ध गराउनेछ ।
Dr. Gobinda Kc