मिथिलाको मधु श्रावणी
मिथिला नवविवाहिताको लागि धार्मिक अनुष्ठानको रुपमा लिइने मधु श्रावण पर्व सुरु भएको छ । श्रावण कृष्ण पक्ष (मौन) पञ्चमी तिथि देखि शुक्ल तृतिया सम्म मनाईने यो पर्वको पहिलो दिन आइतबार विवाहित महिलाले पूजापाठ गरी यस अनुष्ठानको प्रारम्भ गरेको छन् । यसवष विवाह भएका दुलहीलाई ससुुरालीबाट पर्व अवधिभरिका लागि माइतमा भार (कोसेली) आउने गर्दछ । भारमा बेहुलीको लागि लुगा , चुरा, गरगहनार खाद्मसामाग्री हुने गर्दछ । बेहुुलीले ससुरालीबाट आएको लुगा लगाएर १५ दिनसम्म पूजा गर्ने परम्परा छ । पर्व अवधिभर नवविवाहिताले बिहान नुहाइधुवाइ गरी मौन नामको रुखका पातमा नाग, नागिनको चित्र कोरी सोको विशेष विधिले पूजा गरेपछि चोेखो खाने गर्दछन् । त्यसैगरी प्रतिदिन साँझको बेला शृंगार गरेर साथीसहेँलीसँग बगैँचा र मन्दिर मा गएर फूललारी (फुलल टिप्ने) गर्छन् । साँझ टिपेको फूलबाट अर्को बिहानी नागनागिनको पूजा गर्ने गरिन्छ ।
बासी फूलले पूजा गर्नुको पनि आफ्नो महत्व छ । यो पर्वको अन्तिम दिन नवविवाहितालाई घुँडा र खुट्टामा दियोको बत्तीले डाम्ने प्रचलन छ । तर, हाल आएर सहरबजारमा यो प्रथालाई विस्थापित गर्दै लगिएको छ । गाँउमा अहिले पनि टेमी दिने अर्थात् डाम्ने प्रथा यथावत् नै रहेको छ । साउन महिना विशेषगरी प्राकृतिक रुपमा जलचरको प्रकोप बढी हुने हुनाले मिथिलानीहरु आफ्नो श्रीमान्को दीर्घायुको कामना र जलचरलाई प्रसन्न पारेर सम्भावित विपद टार्न यो पर्व मानाउने गरेको शिक्षक मनोज झा बताउँछन्। मधु श्रावणीमा १५ दिनसम्म नवविवाहित जोडिसँगै बस्ने परम्परा रहेको छ ।
Srawan Mela