खेल ताजा खबर News

भारतले वेष्ट इण्डिजलाई हरायो

भारतले वेष्ट इण्डिजलाई हरायो

Test Cricket

साउन १० । वेष्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । पाहुना टोली भारतले खेलको चौथो दिन नै वेष्ट इन्डिजलाई एक पारी र ९२ रनले हराएको हो । पहिलो पारीमा तीन सय २३ रनले पछि परेर फलोअनमा परेको वेष्ट इन्डिज दोस्रो पारीमा दुई ३१ रनमा समेटियो ।

दोस्रो पारीमा वेष्ट इन्डिजलाई कम रनमै आउट गराउनुमा भारतका रविचन्द्रन आश्विनले महत्वपूर्ण भूमिका खेले । म्यान आफ दि म्याच आश्विनले ८३ रन खर्चेर सात विकेट लिए । दोस्रो पारीमा वेष्ट इन्डिजका कार्लोस ब्रेथवेटले ५१, मार्लोन सामुअल्सले ५० तथा देवेन्द्र विशुले ४५ रन बनाए ।

 यसअघि वेष्ट इन्डिजले पहिलो पारीमा दुई सय ४३ रन मात्रै बनाएको थियो । भारतले आफ्नो पहिलो पारी ८ विकेटको क्षतिमा पाँच सय ६६ रन बनाएर समाप्तीको घोषणा गरेको थियो । यो टेस्टमा भारतका कप्तान विराट कोहलीले आफ्नो टेस्ट क्रिकेटकै पहिलो दोहोरो शतक बनाएका थिए । चार टेस्टको श्रृँखलामा भारतले १–० को अग्रता लिएको छ ।

Cricket Test Cricket

विशेष