ताजा खबर विदेश News

चीनमा भिषण बाढी

चीनमा भिषण बाढी

china

साउन १० । चीनमा भीषण वर्षा बाढीका कारण करिब १ सय १५ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी व्यतिm बेपत्ता भएका छन् । चीनको हुबेई प्रान्तमा अझै पनि साढे २ लाखभन्दा बढी व्यतिm बाढीमा फसेका छन् । हुबेइ प्रान्तको तिआनमेन नगरको स्थायी सरकारले १९ जुलाईदेखि २० जुुलाईसम्म निरन्तर आएको मुसलधारे वर्षबाट ६ लाख ८० हजार बासिन्दा प्रभावित भएका छन् ।

त्यस राज्यका १० वटा राज्य जलमग्न भएका छन् । सरकारी समाचार समिति सिन्ह्वाले ती सहरमा उद्धारकार्यका लागि ५ सयभन्दा बढी सैनिक, १ हजार उद्धारकर्मी र ६२ वटा तिव्र गतिका डुंगा पठाइएका छन् । उद्धारकार्य गर्न नदी पिनारमा १० हजारभन्दा बढी व्यतिm तैनाथ गरिएका छन् । बाढीबाट हुबेई प्रान्तमा स्थानीय प्रशासनले ३ लाख १० हजारभन्दा बढी व्यतिmलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएको छ ।

मुसलधारे वर्षा र बाढीका कारण कयौँ ठाउँमा भूस्खलन बढेको छ । भूस्खलनका कारण ५३ हजार घर भत्किएका छन् । भने १ लाख ५५ हजार घर क्षतिग्रस्त भएका छन् । बाढीका कारण ७ लाख हेक्टरभन्दा बढी भूमिको बालीनाली नष्ट भएको छ । यसबाट २ अर्ब ४० करोड अमेरिकी डलर बराबर को फसल ध्वस्त भएको सम्बद्ध अधिकारी जानकारी दिएका छन् । एजेन्सीको सहयोगमा

China Flood

विशेष