अर्थ ताजा खबर News

गच्छदारले किने ‘सुशीलराजा’को करौडौको बङ्गला

गच्छदारले किने ‘सुशीलराजा’को करौडौको बङ्गला

Bijaya Gacchadar साउन १० । मधेसी जनअधिकार फोरम लोकतात्रीक नेपालका अध्यक्ष समेत रहेको उपप्रधानमन्त्री विजयकुमार गच्छदारले फेरि पनि मुसा भूमिका निर्वाह गरेका छन् । अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन उनले सरकार त्यागेको छन् । आउँदो सरकारमा पनि उनी मन्त्रिमण्डलमा छिर्ने अभियानमा लागेको बुझिन्छ ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारमा गृहमन्त्री बन्न सफल गच्छदार ले प्रहरी अधिकृतहरुको सुरुवा , बढुवामा करडौ हातपारेर गर्नसम्म बद्नाम , गरेको आरोप ब्यहोर्दै आएका छन् । केपी ओलीलाई त धम्क्याएरै करोडांैं करोड कमिशन खान पाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिएर छाडे ।

ओली सरकारमा बसेको ६ महिनामै बुढानिलकण्ठ नगरपालीका वडा १० मण्डिखाटारस्थित सुशील शम्सेर राणा सुशिल राजाको घर र २७ आना जग्गा पहिला खुमबहादुर खड्काले बेचेको रु .७ करोडमा कसैको गुप्त नाममा खरीद गर्न सफल भएको बुझिएको छ । सो भब्य महलमा अहिले सशस्त्रप्रहरीले २४ सै घण्टा पहरा दिइरहेको छ । हरेक नयाँ सरकार बन्दा मन्त्री, उपप्रधामन्त्री बन्नै पर्ने , कमिशन खान, भ्रष्टाभार गर्न प्रशस्तै विकास बजेट भएको मन्त्रालय नै चाहिने गच्छदारले अब बन्ने सरकारमा भने भाग नपाउने भएका छन् ।

छोरा सुवासको धुमधामसंग बिहे गरेका छन् । काठमाण्डौं नयाँबानेश्वरकी यूवती सृष्टिसंग सुवासको बिहे भएको हो । सुवास र सृष्टिको विवाहभोज थियो २०७३ साउन १ गते । भद््रकालीस्थित सैनिक मुख्यालयभित्र रहेको त्रिभुवन आर्मी अफिसर्सक्लवमा गच्छदारले झण्डै चार हजारलाई बोलाएर भोजदिएका थिए । भोजका एक करोड रुपैंया भन्दा धेरैको खर्च गर्दै महंगा विदेशी रक्सी इच्छाअनुसारको कक्टेल दिएका थिए ।

अन्य खाना, खर्चमा पनि त्यतिनै ठुलो परिणमको भएको भोज खानेहरु ले छक्क परेको बताएका छन् । भोज समकालीन राजनितिका भएभरका नेताहरु बोलाइएको बुझिन्छ । बिहे भोज सरकारले तोकेको मापदण्ड विपरीत रहेको थियो । भोज खान पुगेका एक नेताले भने, ‘सरकारका वरिष्ठ मन्त्री भएर आफैले बनाएको विवाह आचार संहितासम्बन्धी कानुन गच्छदारले घोर उल्लंघन गरे । साँघु साप्ताहिकबाट

Bijaya Gachhadar

विशेष