अर्थ ताजा खबर Technology News

चीनले बनायो सबै भन्दा ठुलो जलविमान

चीनले बनायो सबै भन्दा ठुलो जलविमान

साउन १० । चीनले विश्वकै सबैभन्दा ठूलो जलविमान (सीप्लेन) बनाउन सफल भएको छ । यसलाई बनाउन चीनलाई ७ वर्षसम्म लागेको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनले यस जलविमानलाई समुद्रमा उद्धा र जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गर्नेछ । यो जहाजलाई चीनको विमान निर्माता कम्पनी एभिएसन इन्डस्ट्री कर्पोरेशन अफ चाइनाले तयार गरेको हो ।

 

यो जलविमानलाई एन्फिबियस एयरक्राफ्ट पनि भनिन्छ । किन कि यो जहाज हावामा उड्न र पानी तैरिएर गुड्न सक्छ । एभीआईसीका जनरल म्यानेजर गेङ्ग रुगाङ्गका अनुसार चीनको एभिएसन इन्डस्ट्रीका लागि यो आविष्कार धेरै महत्वपूर्ण हो । सुन् २००९ मा सरकारले यति ठूलो जलविमान निर्माणका लागि एभीआईसीको प्रस्तावलाई अनुमति दिएको थियो । यो एजी ६००० विमानले एक पटक ४५ सय किलोमिटरसम्म यात्रा गर्न सक्छ । यो जहाजको अर्को विशेषता भनेको यसले एक २० सेकेन्डमै १२ टन पानी बटुल्न सक्छ भने ५३.५ टन बजन पनि बोकेर उड्न सक्छ ।

China

विशेष