ताजा खबर News

नेविसंघमा किचलो महाधिवेशन फेरि अनिश्चित

नेविसंघमा किचलो महाधिवेशन फेरि अनिश्चित

Nebsang

काठमाण्डौं । आफुलाइ देशकै सबै भन्दा प्रजातन्त्रको अग्रणी मान्ने नेपाली कांगेसको भातृ संगठन मध्ये सशतm संगठनका रुपमा लिइएको विद्यार्थी संगठन, नेविसंघले आन्तरिक किचलोका कारण वर्षौदेखि महाधिवेशन गर्ने कामलाई टार्दै आएको छ । नेविसंघले अहिले सम्म आठौं पटक महधिवेशनको मिति तोकेर पनि असफल हुँदै आएको छ । पछिल्लो पटक आगामी २०७३ साउन २३ देखि २५ गतेसम्म महाधिवेशन मिति तोके पनि सो मितिमा पनि महाधिवेशन नहुुने आशंका ब्यत गर्न थालिएको छ ।

संगठनभित्र को गुट उपगुट तथा महाधिवेशन प्रतिनिधि छनोटको विषयले साउन २३ गतेको महाधिवेशन पनि नहुने हो कि भन्ने आशंका नेबिसंघका विद्यार्थीहरुले गर्न थालेका छन् नविसंघभित्रको विवाद समाधानका लागि गठन गरिएको लीलादाहाल संयोजकत्वको विवाद समाधान समितिलाई १ महिनाभित्र विवाद हल गर्न जिम्मेवारी दिइएपनि एक पटक पनि बैठक नै नबसी महिना दिन गुजारेको आरोप लगाइएको छ । महाधिवेशन आउन १३ लिन बाकीँछँदा पनि अझै नेविसंघको ११ जिल्लामा जिल्ला अधिवेशन हुन सकेको छैन ।

भक्तपुर, रुपन्देही, कास्की, धनुषा, कञ्चनपुर, रौतहटलगायत जिल्लाहरुमा नेविसंघको समान्तर जस्तै दुई वटा कमिटी रहेका छन । माउ पार्टी कांग्रेसले ती जिल्लाहरुमा अब अधिवेशन नै नगराई सहमतिको नाममा प्रतिनिधि छानेर साउन २३ गते नै महाधिवेहन सम्मन्न गन खोजे पनि ती जिल्लाका नेताहरुले भने मानेका छैनन् । पार्टीले आसेपासेलाई प्रतिनिधि बनाउन खोजेको उनीहरुले आरोप लगाउँदै अधिवेशन बिना प्रतिनिधिछनोट असम्भव रहेको बताउने गरेका छन् । यस्तै महाधिवेशन प्रतिनिधिका विषयमा समेत नेविसंघमा ११ जिल्ला बाहेकका अन्य जिल्लाहरुमा समेत विवाद देखिन थालेको छ । यता, तोकिएकै समयमा महाधिवेशन नहुने भएपछि अध्यक्षका दाबेदार मानिएका कुन्दन काफ्ले लगायतका केही नेताहरु अनसन समेत सुरु गरेका छन् ।

नेविसंघको महाधिवेशन सम्पन्न गर्नका लागि २०६८सालमा रन्जित कर्णलाई अध्यक्ष बनाएर जिम्मेवारी दिइएकोमा त्यसयता ११ औं महाधिवेशन का लागि आठौं पटक मिति तोकिए पनि महाधिवेशन भने हुन सकेको छैन । अध्यक्ष कर्णले महाधिवेशन गराउन नचाहेको र आफ्नो कार्यकाल लम्ब्याउन खोजेको भन्ने आरोप लगाएदै अन्य पक्ष ले भने विरोध गरेका छन् । नेविसंघ प्रवतmा युपी लामिछाने भने ११ जिल्ला मा सहमतिको आधारमा प्रतिनिधि छानेर तोकिएको समयमा नै महाधिवेशन हुने दावी गर्छन् ।

उनले साउन २३ देखि २४ सम्मकालागि भृकुटी मण्डपको हाल प्रतिदिन २ लाख १० हजार दरले बुक गरिसकेको, होटलहरुका लागि कुरा भइरहेको तथा विधान पाटीलाई बुझाईसकेको र नीति तथा कार्यक्रम पनि केही परिमार्जन गरेर अघि बढ्ने काम भईरहेको बताए । महाधिवेशन आउन २ हप्ता मात्र बाँकी छँदा नेविसंघमा पदाधिकारीका उम्मेदवारहरुको चहल पहल तथा प्रचार प्रसार भने खासै रोचक देखिएको छैन । सांधु साप्ताहिक

Nebisang

विशेष