News

बाँदर वेटर भएको रेष्टुरेन्ट

बाँदर वेटर भएको रेष्टुरेन्ट

Monkey

मानिसहरुलाई बादरको पुर्खा भनेर चाल्र्स डार्विनले प्रमाणित गरेका थिए । विकाशक्रमको हिसाबले बाँदर र मानिसलाई नजिकका प्राणी मानिन्छ । बाँदरको बुद्धि पनि मानिसको भन्दा कम नभएको तर्क पनि गरिन्छ । जसको प्रमाण जापानको टोकियास्थित काबुकी रेष्टुरेन्टमा देख्न सकिन्छ ।

काबुकी रेष्टुरेन्ट यसकारण चर्चामा छ की त्यहाँ वेटरको काम बाँदरले गर्दछ । बाँदर वेटरले केवल मेनु देखाउने मात्र होइन खानाको अर्डर लिने र अर्डर बमोजिमको खानेकुरा ल्याएर दिने सम्मको काम गर्दछ । बाँदरले पनि आम वेटरले जस्तै कपडा लगाउँछन् ।

मानिसहरु खानाको स्वादले भन्दा पनि वेटर बाँदर हेर्नको मज्जाले धेरै यो रेष्टुराँमा छिर्दछन् । रेष्टुराँका मालिकका अनुसार घरमा पालेको बाँदरले आफ्नो देखासिकी गरेर काम गर्न थालेपछि उनलाई बाँदरलाई वेटर बनाउने आइडिया फुुरेको रहेछ ।

येट चेन र फुकु चेन नामका बाँदर यो रेष्टुरेन्टमा सन् २००८ देखि काम गर्दै आएका छन् । रेष्टुरेन्टमा ग्राहक छिरेसँगै यी बाँदर सेवामा लागिहाल्छन् । एउटाले पाहुनाका लागि कुर्सी मिलाइदिन्छ भने अर्कोले हात पुछ्ने टावेल टकार्छ । अनि पाहुना कुर्सीमा बसेसँगै एउटा मेनू लिएर आउँछ र अर्डर लिन्छ । अर्कोले चाहीँ अर्डर बमोजिमको खानेकुरा ल्याएर दिन्छ । जापानी कानून अनुसार जनावरलाई २ घण्टाभन्दा बढि काममा लगाउन पाइँदैन । त्यसैले रेष्टुरेन्टमा अहिले यी दुई बाहेक अरु बाँदर पनि राखिएको छ ।

Monkey

विशेष