ताजा खबर News

यसरी ताेडे डा केसीले अनशन

यसरी ताेडे डा केसीले अनशन
साउन - १० । मेडिकल शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्नुपर्ने माग राख्दै आठौं पटक अनशन बसेका डा. केसीले १६ औं दिनमा अनशन तोडेका छन् । [caption id="attachment_14008" align="alignnone" width="960"]dr kc 01 तस्विरः गगन थापा[/caption] सरकारी वार्ता टोलीसँग हिजो राति ४ बुँदे सहमति भएको थियो । शिक्षण अस्पताल महाराजञ्जमा उपचारको लागि आएका सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली, सिराहाबाट छोराको उपचार गर्न आएकी अनिता यादव र गोरखाका भिक्षु छेवाङ नुर्वु लामाको हातबाट जुस पिउँदै केसीले अनशन तोडेका हुन् । तीन जनाले जुस खुवाएपछि पूर्व मुख्यसचिव लिलामणी पौडेल र सरकारी वार्ता टोलीका संयोजक डा. सेनेन्द्रराज उप्रेतीले डा. केसीलाई जुस खुवाएका थिए । अनशत अन्त्य गर्दै डा. केसीले संस्थागत माफियातन्त्रविरुद्ध सबै मिलेर लड्नुपर्ने बताए । उनले सरकारसँग भएको सम्झौता पहिलो चरण मात्रै भएको भन्दै अझ सशक्त आन्दोलन गर्ने बताए । अनशन तोड्दै ‘नेताहरु माफियाको पक्षमा भए, अब युवाहरु जाग्नुपर्छ’, उनले भने ।

Dr. Gobinda Kc

विशेष