ताजा खबर विदेश News

वारी ओली सरकार ढल्दा पारी यस्तो खुसी

वारी ओली सरकार ढल्दा पारी यस्तो खुसी
साउन - १० । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसंगै दिल्लीमा हर्ष बढाई भएको छ । भारतबाट प्रकासित हुने विभिन्न पत्रिकाले यसको पुष्टि गरेका छन । दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने चलन छ । राजनीतिमा यो भनाई चर्चित छ । तर, यो पटक गंगा उल्टो बग्यो । अर्थात, नेपालमा पानी पर्दा दिल्लीमा छाता ओढ्ने काम भएको छ । Naba bharat प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिँदा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुभन्दा बढी दिल्ली खुसी देखिएको छ । प्रधानमन्त्री केपी ओलीको राजीनामापछि भारतीय सञ्चार माध्यमहरुमा यो खुसी प्रकट भइरहेको छन् । Oli भारतीय दैनिक हिन्दुस्तान टाइम्सले त ‘अब नेपालको राजनीतिमा भारतको पुनरागमन भयो’ सम्म भनेको छ । उसले लेखेको छ, यो (ओलीको राजीनामा) गत वर्ष राजनीतिक कोर्ष परिर्वतन गर्न असफल भएको भारतको नेपालको राजनीतिक परिदृश्यमा पुनरागमन हो ।’ उसले सरकार परिवर्तनको यो आन्तरिक घटनालाई चीनसँग पनि जोडेको छ । नेपालसहित दक्षिण एसियाको आन्तरिक राजनीतिमा माइक्रो म्यानेजमेन्ट कति गाह्रो रहेछ भन्ने चीनले पाठ सिकेको भारतीय पत्रिकाको दाबी छ । Hindustan अब भारतसँगको सम्वन्ध र दिल्लीलाई पुनः ट्राकमा ल्याउन सक्छन् कि सक्दैनन् भन्ने नेपालको नयाँ प्रधानमन्त्री प्रचण्डको परीक्षा हुने हिन्दुस्तान टाइम्सले लेखेको छ । उसले लेखेको छ, ‘दिल्लीका लागि नेपालको डरलाग्दो सपना अन्त्य भएको छ ।’ Capture त्यस्तै टाइम्स अफ इण्डियाले पनि प्रधानमन्त्री ओलीको बहिर्गमन भारतका लागि खुसी भएको बताएको छ । उसले लेखेको छ, ओलीले नेपाललाई भारतविरोधी राज्य बनाउन खोजेका थिए, जुन सफल भएन र उनी विदा भएका छन् ।’ 111 प्रस्तुतिः सागर वुढाथाेकी

KP Sharma Oli

विशेष