विदेश

किम जोंगले लाउन पाएनन् स्वीस घडी

किम जोंगले लाउन पाएनन् स्वीस घडी
kim jongराष्ट्रसंघको प्रतिबन्धका कारण उत्तर कोरियाली शासक किम जोंग उनले आफूलाई मन परेको लक्जरी स्वीस घडी लगाउन पाएनन् । स्विस सरकारले लक्जरी घडीलाई उत्तर कोरियामा निर्यात गर्न बन्द गरेको छ र पछिल्लो दुई महिनामा एउटा पनि घडी उत्तर कोरियामा बेचेको छैन । उत्तर कोरियाली शासक किम प्रायः महंगो घडी लगाएको अवस्थामा देखिन्छन् । जसका कारण राष्ट्रसंघले प्रतिबन्ध लगाउँदा पनि उनले स्विजरल्याण्डबाट घडी आयात गरिरहेको आशंका गरिएको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमका कारण राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरुलाई उत्तर कोरियामा लक्जरी सामानहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ । किम र उनकी बहिनी किम यो जोंग, जो अहिले कम्युनिष्ट पार्टीकी वरिष्ठ अधिकारी हुन् । दुबैले स्विजरल्याण्डमा पढेका हुन् । किम आफै पनि पश्चिमा संस्कृतिका फ्यान रहेको बताइन्छ । किमले सन् २०१२ मा आफ्नो लागि तथा पार्टीका सदस्यहरुलाई उपहार दिनका लागि २ लाख २० हजार डलरका घडी स्विजरल्याण्डबाट आयात गरेका थिए । दक्षिण कोरियाली संचार माध्यमका अनुसार अहिले स्विजरल्याण्डले उत्तर कोरियामा घडीको निर्यात पुरै रोकेको छ भने उत्तर कोरियालीहरुले स्विजरल्याण्डमा रहेको सम्पत्ति फ्रिज गर्नुका साथै सरकारी कोष पनि फ्रिज गरेको छ ।

Kim Jong

विशेष