राष्टपतिद्वारा तीन दिनभित्र सरकार गठनको आह्वान
साउन - १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्वान गरेकी छन् ।
सोमबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संबिधानको धारा ३ सय ५ अनुसार जारी भएको बाधा अडकाउ फुकाउने आदेश र धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठन गर्न आह्वान गरिएको उल्लेख छ ।
विज्ञप्तिमा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दललाई आव्हान गरिएको उल्लेख छ ।
सहमतीय सरकार निर्माण हुन नसके संसदले निर्वाचनमार्फत बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री निर्वाचित गर्नेछ । यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्ले सिफारिस बमोजिम प्रधानमन्त्रीको निर्वाचनका लागि बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको थियो ।
संविधानको धारा २ सय ९८ को उपधारा ८ बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिएपनि अर्को प्रधानमन्त्री निर्वा्िचत हुने स्पष्ट व्यवस्था नरहेको भन्दै बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदले हिजो राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो ।
राष्ट्रपतिबाट जारी गरिएको बाधा अडकाउ फुकाउ आदेश संसद सचिवालयका महासचिवले ३ दिनभित्र सभामुखलाई जानकारी गराउनुपर्ने संबैधानिक व्यबस्था छ । जानकारी प्राप्त भएपछि सभामुखले बैठकको कार्यसूचीमा राखेर संसदमा पेश गर्नुपर्नेछ ।
rastra pati bidhya debi bhandari