विचित्र विश्व News

दैनिक पत्रिकाले अविश्वासको प्रस्ताव पारित भएको समाचार छापेपछि....

दैनिक पत्रिकाले अविश्वासको प्रस्ताव पारित भएको समाचार छापेपछि....
dainik patrika साउन - १० । गोरक्ष दैनिकले अविश्वासको प्रस्ताव पारित भन्दै ब्यानर न्युज बनाएको समाचार अहिले सामाजिक संजालमा फाइरल भइरहेको छ । अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा परेको मत समेत सो दैनिकले उल्लेख गरेको छ । जबकी संसदमा अविश्वासको मत नै निर्णयार्थ प्रस्तुत भएन । प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान गर्नै परेन । रमाइलो त के भने सो दैनिकले अविश्वासको प्रस्तावको पक्षमा ३९८ र विपक्षमा २३२ मत परेको उल्लेख गरेको छ । त्योपनि उपशीर्षकमा । दुबै पक्षमा परेको मत जोड्दा संसदको संख्या ६३० हुन आउंछ । संसदमा बहालवाला सांसदको संख्या ५९७ छ । sachaiyako news सम्पादक विपुल पोखरेलले प्राविधिक कारणले त्रुटी भएको स्पष्टिकरण दिएका छन् ।

dainik patrika Gorakshya

विशेष