विदेश

म्युनिख आक्रमणका आक्रमणकारी को थिए ?

म्युनिख आक्रमणका आक्रमणकारी को थिए ?
munikhसाउन – जर्मन, म्युनिख आक्रमणकारी डेभिड अली सोनबोलीले एक वर्षदेखि हत्याको योजना बुनेको जर्मन अधिकारीले बताएका छन् । १८ वर्षीय डेभिडले जर्मनको सहर म्युनिखको सपिङ मलनजिकै शुक्रबार नौजना किशोर–किशोरीको गोली हानेर हत्या गरी आत्महत्या गरेका थिए । उनले प्रयोग गरेको पेस्तोल गैरकानुनी रूपमा बिक्री भएको पाइएको छ । डेभिडले हत्या गरेका व्यक्ति उनका कक्षाका सहपाठी नभएका पनि म्युनिख प्रहरीले जनाएको छ । अपराधसम्बन्धी प्रहरी प्रमुख रोबर्ट हेइमवर्गरका अनुसार डेभिड गत वर्ष विनेनडेन सहरमा पुगेका थिए। जहाँ सन् २००९ मा एउटा विद्यालयमा गोली हानिएको थियो । उनले सो स्थानको तस्बिरसमेत खिचेका थिए । डेभिडका अभिभावक शुक्रबारको घटनाले विक्षिप्त भएको प्रमुख रोबर्टले बताए । डेभिडले प्रयोग गरेको पेस्तोल स्थानीय बजारमा किनिएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार डेभिड ‘फस्र्ट पर्सन सुटर’ भिडियो गेममा निकै रुचि राख्थे । डेभिडको कोठाबाट नर्वेका हत्यारा एन्डर्स ब्रिभिककार बारेमा लेखिएको लेख भेटिएको छ । डेभिडको सन् २०१५ मा मानसिक उपचारसमेत गरिएको प्रहरीले जनाएको छ । उनी अन्य व्यक्तिसँग सम्पर्क गर्न नरुचाउने र डिप्रेसनका रोगी थिए । यसैबीच, ओलम्पिया सपिङ सेन्टरमा भएको गोलीकाण्डपछि म्युनिख प्रहरीले बन्दुक बिक्रीमा कडाइ गरेको छ ।

Debid ali German Munikh

विशेष